बाँके चैत ३० गते ।
पत्रकारितामा आवद्ध सञ्चारकर्मी संगिता पाठक (सन्ध्या शर्मा) ले किभा व्युटी पार्लर सञ्चालनमा ल्याएकी छन। बुधबार शुभसाइत पारेर किभा व्युटी पार्लरको उद्धाटन गरिएको छ । चैते दशै अर्थात चैत्र महिनाको नवरात्रीलाई मध्येनजर गर्दै कन्या (आद्या मिश्र) बाट उक्त पार्लर उद्धाटन गरिएको हो ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै व्यवसायी तर्फ समेत आफ्नो पाईला बढाएकी हुन । बुधबार विभिन्न पत्रकार, समाजसेवी, लगायतको उपस्थितिमा रिवन काटेर पार्लर उद्धाटन गरिएको हो । आफु भित्र रहेको सिपलाई सदुपयोग गर्दै पायक पर्ने व्यवसायी क्षेत्रमा आफ्नो पाईला अगाडि सारेको पत्रकार सन्ध्या शर्माले जानकारी गराइन ।
पत्रकार शर्माले सञ्चारकर्मी समक्ष भनिन्, ‘लेख्ने बाहेक म संग पार्लर सम्बन्धि समेत सिप रहेको हुनले मैले मलाई पायक पर्ने व्यवसाय रोजेको हो । ’उनले थप भनिन्, ‘म कलमकै माध्यमबाट यहाँ सम्म आईपुगेकी छु । त्यस कारण पत्रकारिता छोड्नु असम्भव छ । दुवै क्षेत्रलाई संतुलन गरेर अगाडि बढ्ने छु । यद्दापी म पत्रकारितालाई पनि निरन्तर दिनेछु ।’
उनले यहाँ सम्म पुग्न साथ र सहयोग गर्ने सम्पूणर् सहयोगी हाथहरुलाई धन्यवाद समेत व्यक्त गरेकी छन । नेपालगञ्ज-२ हनुमानगढी मन्दिर (घरवारी टोल)को छेउमा उक्त पार्लर रहेको छ ।