बाँके चैत २९ गते।
सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेड क्वाटरले जानकी गाउँपालिका वडा नं १ पाचपोखरामा सिलिन्डर ग्यासको आगो नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । सशस्त्र प्रहरी बल, जैसपुर बीओपी स्थित आइसिपी भवनको प्रागणमा जिल्ला प्रशासन कार्यालय, बाँके स्थानीय नेपाली सेना प्रहरीलगायत सरोकारवाला निकायले बिहीबार आगलागी नियन्त्रण अभ्यास गरेका छन् ।
जुनसुकै स्थानमा ग्यास सिलिण्डर विष्फोट र आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरीले प्रदर्शन गरेको थियो,। आगलागी घटना अभ्यास कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेका जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्रवण कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले आगलागी सम्बन्धी नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटर बांकेका प्रहरी नायब उपरीक्षक बिमल डांगीले बताए ।
अभ्यासमा सशस्त्र प्रहरी बलले भान्साकोठामा प्रयोग हुने ग्यास सिलिण्डरबाट भएको आगलागी र त्यसलाई नियन्त्रण गर्ने उपाय, गाउँमा आगलागीबाट भएको जनधनको क्षति, ज्यान गुमाउने कला प्रदर्शन गरी कार्यक्रम आयोजना गरेको थियो । आगो नियन्त्रण, घाइतेहरूको उपचार, आदि अभ्यास बाहेक, विपद् सामग्री पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा भारतीय सीमा सुरक्षा बलका कमांडर गंगा सिंह सुरक्षा निकायका प्रमुख तथा जिल्ला विपद् व्यवस्थापन समितिका विभिन्न सदस्य र जयसपुर बढैया बीओपी पति जानकी १ का वडा अध्यक्ष मोहम्मद रजा राई संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
स्थानीय तहमा जनचेतना अभिवृद्धिमा पनि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीय विपद् व्यवस्थापन समितिले यस्ता कार्यक्रमलाई प्रवर्द्धन गर्न सुझाव दिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्री श्रवण कुमार पोखरेलले कार्यक्रममा सहभागी सबै पक्षलाई घटना अभ्यासले विपद्को समयमा समन्वय र सहकार्यमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने भएकाले धन्यवाद ज्ञापन गर्नुभयो ।