मंसूर अली इद्रिशी
नेपालगंज चैत २९ गते-बांकेको परसपुरमा हर्षोल्लासका साथ ईद पर्व मनाइएको छ । मुस्लिम समुदायका सम्पूर्ण दाजुभाइ दिदीबहिनीले एकअर्कालाई अंगालो मारेर ईद पर्व मनाएका छन् । पवित्र रमजान महिना सकिएपछि परसपुरमा बिहिवार ईद पर्व मनाइएको छ ।
परसपुरको ईदगाहमा मुस्लिम समुदायका मानिसहरु भेला भएका थिए । उनले नमाज पढे यसबाहेक नेपालगंजको जामा मस्जिदमा पनि नमाज पढाइएको थियो । सहादत्त मस्जिदका हाफिज व कारी वासिम साहबले नमाजको नेतृत्व गरेका थिए।
उनले भने, “अल्लाहले रमजानको महिनामा गरिएका प्रार्थनाहरू स्वीकार गरून् र हामी सबैलाई आशीर्वाद दिऊन्।” सबैको जीवनमा शान्ति र सुख ल्याओस्। “सबैलाई ईदको शुभकामना ।”यस अवसरमा मुस्लिम समुदायले सबैलाई अँगालो हालेर ईदको शुभकामना दिएका थिए । यसपछि मानिसको ठाउँ–ठाउँमा मिठाई खुवाउने सुरु भयो । मुस्लिम समुदायका मानिसहरूले एकअर्काको घरबाट मिठाई बाँड्न थालेपछि ईद मनाउने अवधि सुरु भयो।
परसपुरमा मुस्लिम समुदायका सबैले ईदको नमाज पढेर घर पुगेका थिए । सामुहिक नमाज पछि शान्तिको लागि प्रार्थना गरिएको थियो। ईदको अवसरमा बांके प्रशासनले बांके जिल्लाको आसपास छेत्रको सुरक्षा व्यवस्था कडा पारेको थियो । मानिसहरूले हर्षोल्लासका साथ ईद पर्व मनाइरहेका छन् । ईदको अवसरमा सहरको शोभा पनि हेर्न लायक थियो ।
इद–उल–फित्रको अवसरमा मुस्लिम दाजुभाइले इदगाहमा आध्यात्मिक माहोलमा सामूहिक इद–उल–फित्रको नमाज पढेर अल्लाहलाई धन्यवाद दिँदै देशका लागि अमन चयन मागेका छन् । यस अवसरमा प्रदेश सांसद बादशाह कुर्मी वडा अध्यक्ष लक्ष्मण प्रसाद बर्मा पूर्व वडाध्यक्ष अजयकुमार पाठक लगायत स्थानीय जनप्रतिनिधिले ईदको शुभकामना दिन ईदगाह पुगेका थिए।
बालबालिकादेखि वृद्धवृद्धासम्म नयाँ लुगा र रंगीन टोपी लगाएका सबैले आ–आफ्नो गाउँको इदगाहमा नमाजपछि एकअर्कालाई अंगालो हालेर ईदको शुभकामना दिएका थिए । यस अवसरमा नमाजीहरूको ठूलो भीड देखिएको थियो।