नेपालगञ्ज चैत २० गते।
बाँकेमा रहेका नेपाल–भारत सीमा नजिकै साईगाउँ छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढ्दै गएको छ। साईगाउँ छोटी भन्सार कार्यालय करिब दुई दशक अघि सशस्त्र द्धन्दका बेला बन्द गरिएकोमा हालसम्म पुन स्थापना हुन सकेका छैन।
छोटी भन्सार बन्द गरिएका नाकाहरूबाट खुला रूपमा चोरी पैठारी बढेको कारण राजस्व सङ्कलनको लक्ष्य पुरा गर्न नसकिएको स्रोतको भनाइ छ। साईगाउँ छोटी भन्सारको संरचनामा गाई, बाख्रा, भैंसी पनि बाँध्ने गरेका छन् । छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा नल्याइएका कारण ती नाकाहरू तस्करीको केन्द्र बन्दै गएका छन् ।
तर मुख्य भन्सार कार्यालयले हालसम्म छोटी भन्सार साईगाउँको संरचना संरक्षणमा ध्यान दिएको छैन । साईगाउँ छोटी भन्सारका भौतिक संरचना काम नलाग्ने गरी जीर्ण अवस्थामा छन् ।