नेपालगन्ज चैत ३ गते ।
बाँकेको विभिन्न स्थानबाट भन्सार छलीका बोईलर चल्ला बरामद गरिएको छ। जिल्ला प्रहरीका अनुसार करिव साढे १२ लाख मुल्य बराबरको अवैध बोइलरको चल्ला बरामद गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बांके बाट खटिएको प्रहरीको टोलिले नेपालगन्ज-वडा नम्बर १८ भुजईगाउँ र डुडुवा-६ हिरमिनियामा भारतबाट अवैध रुपमा भित्र्याइएका १२ लाख ४० हजार मुल्य बराबरको अवैध चल्ला बरामद गरेको हो ।
नेपालगन्ज-१८ कारकाँदोबाट अवैधरुपमा ल्याइएको माछा पनि प्रहरीले बरामद गरेको छ । २ हजार ४ सय मुल्य बराबरको ८ किलो माछा बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट अवैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ५९ पेटी अर्थात पाँच हजार नौ सय गोटा चल्ला बरामद भएको छ ।
भुजईगाउँबाट पाँच लाख ९० हजार बराबरको र हिरमिनियाबाट ६ लाख ५० हजार बराबरको अवैध चल्ला बरामद भएको प्रहरीको भनाइ छ । चल्ला ढुवानीमा संलग्न अटो र मानिस सहित थप कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाइएको पनि प्रहरीले जनाएको छ । बरामद गरिएको चल्ला र माछा थप कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाइएको पनि जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ।