बांके फागुन ३० गते।
सशस्त्र प्रहरी वल नेपाल वि.ओ.पि.जयसपुरले ४ लाख बराबरको सामान बरामद गरेको छ। तिन लाख छ्यानब्बे हजार छ सय पचास रुपैया बराबरको कपडा प्याज चामल टिफिन बाटा मोटरसाइकल समेत बरामद गरेको हो । बरामद गरिएको समान सम्बन्धित निकाय नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
जानकी गाउँपालिका–१ स्थित साईंगाउँनजिकै सशस्त्र प्रहरीको सुरक्षा आउट पोस्टमा भारतीय तस्करले दुईटा मोटर साइकलमा अबैध कपडा लियाएका जयसपुर बीओपीमा कार्यरत ४ नम्बर पोस्टमा खटेका डीवटी सशस्त्र प्रहरी सहायक हबलदार शेर बहादुर शाही बसेको पोस्टमा मोटर साइकल ठोकेर तस्कर मोटर साइकल छोड़े र भागेका थिए ।
२४ सै घंटा सीमा सुरक्षा दिने सशस्त्र प्रहरी बस्ने पोस्टलाई भत्काउन भ्याए । हबलदार शाहीका अनुसार २ जनाका समूहले एक्कासी पोस्ट माथि ठक्कर दिएका थिए। सशस्त्र प्रहरीले उन लाई समातने प्रयास गरिए पनी उनिहरु मोटर साइकल र अबैध कपडा छोडेर भाग्न सफल भएका थिए ।
जयसपुर बीओपीका सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्री जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका थिए। दसगजा सीमावर्ती क्षेत्रमा राखेका अस्थायी सुरक्षा पोस्टमा तस्करका मोटर साइकिल अनियन्त्रित दिसामा गई पोस्टमा ठोकिएको जानकारी सशस्त्र प्रहरी निरीक्षक खत्रीले गराए । यसको मुख्य कारण दशगजामा भएको चोरी पैठारी निकासी तस्करी रोक्ने प्रयास सशस्त्र प्रहरीले गरे पछि यो घटना भएको हो श्रोतले जनाएका छन्।