मंसूर अली इद्रिशी
बाँके फागुन २७ गते-नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ भवनियापुरमा सञ्चालित श्री माध्यमिक विद्यालय महेन्द्रनगरको सहायक प्रधानाध्यापक पदमा राम सिंह सोनी नियुक्त हुनुभएको छ । आज आइतबार बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले शिक्षक पदमा कार्यरत सोनीलाई सहायक प्रधानाध्यापकको जिम्मेवारी दिएको हो ।
विव्यस अध्यक्ष प्रीति सोनीको अध्यक्षतामा बसेको वैठकले राम शिंह सोनीलाई सहायक प्रधानाध्यापक पदको जिम्मेवारी दिने निर्णय गरेको श्री माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक जगदीश प्रसाद द्विवेदीले समाजिक सञ्जालबाट जानकारी दिनुभयो । वैठकमा नेपालगञ्ज-१४ का वडा अध्यक्ष मजहर अलि शाई, विद्यालयको शिक्षक अभिभावक विव्यस सदस्य लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सहायक प्रअ पदमा नियुक्त सोनीले आइतबारै पदभारग्रहण गर्नुभएको छ । पदभारग्रहण गर्दै नवनियुक्त सोनीले विद्यालयको शैक्षिक उन्नयनका लागि आफ्नो तहबाट विव्यस, विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरुसँग आवश्यक समन्वय र सहकार्य गरी जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिबद्धता जनाउनुभएको थियो । सोनीले जिल्लाको सामाजिक र शैक्षिक अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
२०६७ सालदेखि जोगागाउँ माविबाट शैक्षिक क्षेत्रमा प्रवेश गरी अध्यापन कार्य सुरुवात गर्नुभएका सोनीले यसअघि जिल्लाको विभिन्न ठाउँमा पुगेर प्रावि, निमावि, मावि र उच्च माविमा शिक्षण गरिसक्नुभएको छ ।ज्ञानसागर मावि परसपुरमा उनका बुवा उत्तम शिंह सोनिले पिउनको नौकरीको महत्वपूर्ण भूमिका निभाउनुभएका थिए। छोरा राम सिंह सोनी सोही विद्यालयमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो।
त्यस्तै उहाँ बिद्यार्थी फोरम बांके जिल्ला सचीव र बाँकेको सदरमुकाम नेपालगञ्जबाट प्रकाशित हुने लिमरा खबर डटकमका सल्लाहकार समेत हुनुहुन्छ। सहायक प्रधानाध्यापकमा नियुक्त भएका सोनीलाई मावि महेन्द्रनगर भनियापुरका प्रधानाध्यापक जगदीश प्रसाद द्विवेदीले बधाई तथा शुभकामना समेत दिएका छन्।