मंसूर अली इद्रिशी
नेपालगञ्ज फागुन २७ गते-रमजान इस्लामी कैलेंडरको पवित्र महिना हो। यसमा महिनाभर व्रत बस्ने गरिन्छ । व्रत बस्नेहरूले चन्द्रमा देखिएपछि भोलिपल्ट रोजा मनाउने गर्छन् । यस पटक रमजानको पहिलो रोजा कहिले मनाइन्छ ? पढ्नुहोस् विज्ञहरुले के भने ?
यदि सोमवार पवित्र महिनाको रमजानको चन्द्रमा देखियो भने मंगलवारबाट पाक रमजान सुरु हुनेछ । यससँगै सोमवार देखि मस्जिदहरूमा तरावीहको नमाज पनि सुरु हुनेछ । हाल सहादत मस्जिद परसपुर समितिले सोमबार साँझ मगरिबको नमाजपछि यसको घोषणा गर्नेछ ।
रमजानलाई ध्यानमा राख्दै मुस्लिम क्षेत्रहरुमा रमजानको चहल पहल सुरु भएको छ । मंगलबार पनि सेहरी र इफ्तारका लागि सामान खरिद गर्ने क्रम जारी छ । मस्जिदहरूमा पनि तरावीहको नमाजको तयारी अन्तिम चरणमा पुगेको सहादत मस्जिद परसपुर कमिटीका वरिस्ट सदस्य आरिफ बागवानले जनाईएको छ ।
सहादत मस्जिद परसपुर कमिटीको बैठक सोमवार साँझ मस्जिदमा मस्जिदमा हाफिज व कारी वासिम साहबको नेतृत्वमा बस्नेछ । चन्द्रमा देखेपछि रमजान पर्बको घोषणा गर्नेछन्। हाफिज व कारी वासिम साहबले भने कि यदि सोमबार चन्द्रमा देखियो भने पहिलो रोजा मंगबार हुनेछ। पुष्टी नभएमा बुधबारदेखि पहिलो रोजा सुरु हुनेछ ।
अर्कोतर्फ मस्जिद, मा तरावीहको नमाजको तयारी सुरु भएको छ । सरसफाइसँगै पानी, बत्ती, म्याट, टोपी आदिको व्यवस्था गर्न मस्जिद व्यवस्थापन समितिहरू व्यस्त थिए । योसँगै घर–घरमा रमजानको तयारी पनि सुरु भएको छ ।
नेपालगञ्ज,परसपुर, ढोडेगाउँ, नदाईगाउँ, नेवाजीगा,उँ थूकैला, गाउँलगायत क्षेत्रका सजाइएका पसलमा खजूर, दुधफेनी, चना, चना, रोटी, फलफूल आदि खरिद गरिएको थियो । यदि तपाईंहरु ले सोमवार चन्द्रमा देख्नुभयो भने, मस्जिदका इमाम र मुफ्तीलाई भन्नुहोस्।