रूपईडीहा फागुन २४ गते।
नेपालबाट तस्करी हुँदै आएको चरेससहित रूपईडीहा प्रहरीले एक नेपाली लाई पक्राउ गरेको छ । नेपाल–भारत सीमा पचपकडी स्थित सशस्त्र सीमा बल (एसएसबी) र रूपईडीहा थाना प्रहरीको संयुक्त टोलीले एक नेपाली नागरिकलाई पक्राउ गरी उनको साथबाट १.७०८ किलो चरेस बरामद गरेको हो । पक्राउ पर्नेमा बाँके जिल्ला बाशगड़ी रामपुरका ३३ वर्षीय बल बहादुर रहेको रूपईडीहा थाना प्रभारी निरीक्षक शमशेर बहादुर सिंहले जानकारी दिए ।
एसएसबी र प्रहरीको संयुक्त टोलीले उनलाई नेपाल–भारत सीमा पचपकडी स्तम्भ नं ६५२/९ भारतीय दसगजा क्षेत्रमा शंकालागी रोकेर खानतलासी गर्दा उनको साथबाट १.७०८ किलो चरेस बरामद भएको थियो । यस सम्बन्धमा लागुऔषध तथा साइकोट्रोपिक पदार्थ रोकथाम ऐन (एनडीपीएस) को सम्बन्धित दफा अन्तर्गत मुद्दा दर्ता गरिएको रूपईडीहा थाना प्रभारी निरीक्षक सिंहले बताए ।
खत्रीलाई भारतीय रूपईडीहा प्रहरीले अनुशंधान गरिरहेको छ । चरेस तस्करहरू चोर बाटो हुँदै रूपईडीहा, नानपारा, बहराइच लखनउ कानपुरसम्मा चरेस तस्करीमा सक्रिय रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा रूपईडीहा प्रहरीले चरेससहित एक जना नेपाली तस्कर प्रहरीको फंदामा परेका छन, ।
श्रोतका अनुसार बांके जिल्ला स्थित नेपाल सीमा क्षेत्र नजिकै गाऊंमा लागुऔषध तस्कर गिरोह फेरि सक्रिय हुन लागेका छन । तस्कर गिरोहका सदस्यहरूले चरेसको खेप रूपईडीहा पठाउँदैछन् भन्ने गोप्य सूचना रूपईडीहा प्रहरीलाई प्राप्त भएको थियो।