जानकी फागुन २१ गते।
बाँकेको जानकी गाउँपालिका निर्बाचित अध्यक्षको दुई वर्ष कार्यकाल पूरा भएको छ । जानकी गाउँपालिकाका अध्यक्षले चुनावको बेला उनको नारा थियो जानकीको ज्यान निस्किसकेको जानकीमा ज्यान ल्याउनका लागि बोट माग्दै गाउँगाउँमा नारा लगाएका थिए।
जानकी वडा नम्बर १ साईंगाउँका स्थानीयका अनुसार अध्यक्षले चुनावको बेला दिएको अस्वासनको ठीक उल्टो भएको बताए । निर्वाचनपछि जनप्रतिनिधिले काम थालेको दुई वर्ष भए पनि जनताले भने खासै परिवर्तनको महसुस गर्न सकेका छैनन् ।
जानकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहम्मद रजा राईका अनुसार बिगतमा पनी हामीले साईंगाउँ र पचपोखरागाउँको भीत्री सडक बनाउनका लागि प्रदेश र पालिका बाट बजेट माग गरेका थियौँ। तर यस वर्ष हामीलाई आसा छ,पालिकाको काम जनताले देखिने गरी हुने वडा अध्यक्ष राईको ठम्याइ छ ।
साईंगाउँमा लामो समयदेखि नेताहरूले पटकपटक दिएको आश्वासनले दिक्क लागेको संतोष बर्माले गुनासो गर्नुभयो । “सडकको लोभ देखाएर मत मागेपछि विश्वास गर्दा पालिका अध्यक्ष बनेका छन्”, उहाँले भन्नुभयो, “लामो समयदेखि सडक नहुँदा सास्ती भयो, अहिले ट्र्याक खुले पनि एकझर पानी परेपछि गाउँको भीत्री सडक अस्तव्यस्त हुन्छ।
जानकी-१ पचपोखरागाउँ बस्ने मुनिजर लोधले भने वडादेखि पालिकाका नेताले पटकपटक सडक निर्माण गर्ने आश्वासन दिए पनि कहिल्यै पूरा नभएको लोधले बताउनुभयो । अर्का स्थानीय २७ वर्षीय पुष्कर बर्मा पनि भीत्रीगाउँमा सडक नहुँदा नेताहरूप्रतिको विश्वास घट्दै गएको बताउनुहुन्छ । उहाँले आफूहरूलाई निकै सास्ती हुँदा पनि नेताहरूले आश्वासन मात्र देखाएर मत माग्ने गरेको गुनासो गर्नुभयो ।