मंसूर अली इद्रिशी
बाँके फागुन १४ गते-नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुरमा नापी कार्यालय नेपालगंजले जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ । लुम्बनी प्रदेश सांसद अम्बिका काफले प्रदेश सांसद आदेश अग्रवाल नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त बिस्ट उप-मेयर कमरुद्दीन राई वडाध्यक्ष मजहर अली साई वडा सदस्य संतोश कुमार मिश्रा र नापी कार्यालय नेपालगंजका प्रमुखले नेपालगंज वडा न.१४ भवानियापुरमा पहिलो पटक लालपुर्जा वितरण गर्नुभएको हो ।
आज (सोमवार) भवानियापुर स्थानीय बासी ६९ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेको हो । नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त बिस्ट र वडा कार्यालयको पहलमा पुस्तौँ पुस्ता देखि जोत भोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरूलाई प्रदान गरिएको हो ।
स्थानीय उर्मिला देबी शर्माले पहिलोपटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूहरूलाई धेरै खुसि लागेको बताउनुभयो । आफ्नो पिता पुर्खा देखि लालपुर्जा थिएन ,धेरै दुःख लाग्थ्यो उहाँले भन्नुभयो । जग्गा धनी पुर्जा प्राप्त भएपछि आफूहरूको दुःखका दिन गएको उहाँले बताउनुभयो ।
अजमेर अली साईले हर्षित हुँदै भने अप्ठ्यारो परेमा बैङ्कबाट ऋण लिनका लागी धितो राख्ने सम्पत्ति थिएन,साहुले पत्याउँदैनथे,अब सहज भयो खुसी लागेको छ। उहाँले भन्नुभयो जनजाती समुदायका स्थानीयको कथा उस्तै छ,उनीहरूले आफूहरू सँग तीन पुस्ता सम्म पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा नभएको मा अहिले जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूहरूलाई निकै खुसी लागेको बताउनुभयो ।
नेपालगंज वडा नं. १४ का निसार अली साईंले बर्षौ वर्ष देखी आफूहरू जग्गा भएर पनि जग्गाको अधिकार विहीन भएर बस्न बाध्य रहेकोमा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसि लागेको बताउनुभयो । बिगत ३२ वर्ष यता गाउँ ब्लकको जग्गाहरू नापी भए पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी भएका थिएनन् ।
वडाध्यक्ष मजहर अली साईको अगुवाईमा २ वर्षमै नेपालगंज उपमहानगरपालिकाको पहलमा भवानियापुरमा पहिलो पटक वडा कार्यालयमै जग्गा धनी पुर्जा वितरण भएको नापी कार्यालय नेपालगंजका प्रमुखले बताउनुभयो। नेपालगंजका उप मेयर कमरुद्दीन राईले गाउँ ब्लकको लाल पुर्जा वितरण हुनु भनेको नेपालगंज १४ भवानियापुरको लागि शुभ सन्देश भएको बताउनुभयो ।
गाउँ ब्लकको लाल पुर्जा वितरण कार्यक्रममा लुम्बनी प्रदेश सांसद अम्बिका काफले प्रदेश सांसद आदेश अग्रवाल नेपालगंज उपमहानगरका मेयर प्रशान्त बिस्ट उप-मेयर कमरुद्दीन राई वडाध्यक्ष मजहर अली साई वडा सदस्य संतोश कुमार मिश्रा र नापी कार्यालय नेपालगंजका प्रमुख लगायतको उपस्थिति रहेको थियो।