बाँके फागुन ३ गते ।
भारतको रुपैडिहा हुँदै साईगाउँ पचपोखरा नाकाबाट भित्रिरहेका अवैध चावल चिनी दाल तस्करी रोक्न सशस्त्र प्रहरीले कडाई गरिएको छ । सरकारको निर्देशनको पालना गर्दै नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जयसपुर बीओपीका कमाण्डरले जनाएको छ । सीमा नाकामा कडाई गरेर अवैध आयात निर्यात शून्यमा झार्ने निर्देशन आएपछि कडाई शुरु गरिएको सशस्त्र प्रहरीले बताए ।
अवैध चोरी पैठारी हुंदा लाखौंको राजस्व चुहावट भइरहेकाले सो रोक्न पनि अतिआवश्यक रहेको सशस्त्र प्रहरीको भनाई छ । नाकामा कडाइ गरिएपछि अवैध रुपमा भित्र्याउन खोजिएका विभिन्न सामान धमाधम सशस्त्र प्रहरी नियन्त्रणमा लिइरहेको जयसपुर बीओपीमा कार्यरत एक जना सशस्त्र प्रहरीले बताए ।
रुपैडिहा भएर साईगाउँ पचपोखरा तस्करी हुने चावल चिनी जम्बो बोतलहरु सीमानाकामा तैनात सशस्त्र प्रहरीले साईगाउँ नाकाबाटै धमाधम नियन्त्रणमा लिने र उतै फर्काउने गरिरहेको छ । स्थानीयबासीका अनुसार अस्ति पचपोखरा नजिकै सशस्त्र प्रहरी बल जयसपुर बीओपीको दुई नम्बर पोस्टमा डीवटीमा खटेका सशस्त्र प्रहरी हबल्दार धनीराम शर्माले पचपोखरागाउँका तस्कर मनोज लोधको अवैध समान चाकलेट समाते पछि डीवटीमा खटेका सशस्त्र प्रहरी दुई जना तल्लो स्तर ह्बल्दार र स्थानीय तस्कर बिच भना भन भएको थियो ।
उक्त बिवादले गर्दा सशस्त्र प्रहरी बल नेपाल जयसपुर बीओपीले आफ्नो १ नम्बर देखि पांच नम्बर पोस्टलाई कडा निर्देशन दिएको छ’ सोही निर्देशनलाई द्रुत गतीमा कार्यान्वयन गर्दै सशस्त्र प्रहरीले गरिव र विपन्नहरु घर खर्चका लागि लैजाँदा समेत चावल,चिनी,दाल, लगायतका समानमा कडाइ गरिएको एक जना स्थानीयले लिमरा खबरलाई बताए ।
अस्तिको घटनाको बारेमा मिडिया कर्मीले जानकारी लिंदा जयसपुर बीओपीमा कार्यरत सशस्त्र प्रहरी जवानले नाम न छापने सहमतिमामा उनले भने हाम्रो सशस्त्र प्रहरीका दुई जना हबलदारलाई पचपोखरागाउँका चर्चित तस्कर मनोज लोधको गिरोहले आफै गेहूबाली खेतमा पैसा राखेर बागेश्वरी ३० नम्बर गण घुमुवा असई शोमराज शर्मा संग मिलेरा हाम्रो बीओपीका हबलदारलाई फ़्साइएको आरोप समेत लगाएका छन ।
जानकी गाऊंपालिका वडा नम्बर १ का वडा अध्यक्ष मो.रजा राई (युनुस) मिडियालाई बताउँदै हाम्रो वडामा अहिले बिवाहको लगन चलेकोले र भारत नेपालको रोटी बेटी सम्बन्ध रहेपनी हाम्रो वडाबासी जनताहरु बिवाहको लागी समान किन मेल गर्न रुपैडिहा जानू पर्ने बाध्यता रहेकोले अस्तिको बिवादले हाम्रो वडाका जनता लाई समस्या खेप्नु परेको वडा अध्यक्ष राईले बताए । पचपोखरागाउँका तस्कर र बागेश्वरी ३० नम्बर गणका घुमुवा असई शोमराज शर्माले गर्दा अहिले साईगाउँ पचपोखराका सर्वसाधारणलाई आवत जावत गर्ने घर खर्चका लागी सामान ल्याउन समस्या भएको छ।
यो बिवादले हेर्दा पचपोखराका चर्चित तस्करहरुको साठगाठ घुमुवा असई शोमराज शर्मासँग राम्रो रहेको खुलेको छ । असई शर्माको बारेमा भिभिन्न मिडियामा पटक पटक समाचार प्रकाशित भएपनी असई शर्मा बाँकेमा बस्न लागेको एक दशक भन्दा बढी भइसकेको छ ।
सरुवा भएर जाने एसपीले सिफारिस गरेपछि नयाँ आउने एसपीले उनी शर्मालाई घुमुवा राख्ने र रकम असुली गर्ने टोलीको नाइके बनाउने गरेको बताइन्छ । ‘पुरानाका कुरा सुनेर नयाँ आउनेहरु पनि असुलीका लागि उनै शर्मालाई उपयोग गर्छन् । सरुवा भएर जाने एसपीले नयाँ आउनेलाई व्रिफिङ गरेर जाने गरेका कारण उनी सशस्त्र प्रहरीमा पावरफुल असई मानिन्छन्,’ सशस्त्र प्रहरीका एक जवानले भने ।
शर्मालाई यहाँको तस्करीको तौरतरिकाको बारेमा राम्रो जानकारी छ । जोसुकै अफिसर आएपनि उनलाई ड्यूटी गर्न पर्दैन । उनी दिनभर डुल्ने र तस्करसँग बस्ने गरेका छन् । असई शर्माका कारण अहिले बाँके का सशस्त्र प्रहरी संगठन बदनाम भएको छ ।