नेपालगंज माघ २७ गते ।
भन्सार छली गरि अवैध रुपमा बेचविखन गर्न लैजाँदै गरेका राँगाहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलले अवैधरुपमा भन्सार छलेर ल्याएका राँगा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल ३० नं बगेस्वरी गणबाट खटेका टोलीले विशेष सूचनाको आधारमा जानकी गाउँपालिका वडा नम्बर ३ बंजारेगाउँ बाट भारतबाट आवैध तस्करी गरेर ल्याइएको राँगा नियन्त्रणमा लिइएको थियो । तस्कर समूहले दिवसो २ बजे ल्याउँदै गरेको ८ वटा राँगा सशस्त्र प्रहरीको टोली लाईदेखे पछि राँगाहरु छोड़ेर भागेका थिए ।
सशस्त्र प्रहरीले लामो समय पछि तस्करीको राँगा नियन्त्रण्मा लिएको हो । यस्तो राँगा बाँकेको रमवापुरमा लाग्ने पशुहाट बजारमा पुग्ने गर्छन् । त्यहाबाट खरिद बिक्री भई मासुको प्रयोजनका लागि प्रायः काठमाडौं लगिन्छ । तस्कर समूहले भारतबाट ल्याएर विभिन्न पालिकाका वडा कार्यालयहरूबाट नेपाली चौपाया प्रमाणित गराई तीनलाई पशु हाट बजारमा लग्ने गरेका छन् ।
सशस्त्र प्रहरीका अनुसार भारतबाट हुने राँगा तस्करी नियन्त्रणको सम्बन्धमा लामो समयदेखि जारी प्रयास अहिले सफल भएको बताउँछन् । सशस्त्र प्रहरी बल नेपाल ३० नं बगेस्वरी गणका अनुसार राँगा तस्करी रोक्न सशस्त्र प्रहरीका बीओपीहरूलाई पत्राचार गराई निरन्तर दबाब दिइरहेका थियौं,‘यस पटक भने तस्करी हुँदै गर्दाको समयमा बरामद गर्न सफल भयौं सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाइएको छ।
सशस्त्र प्रहरी उपरीक्षक रमेश बिक्रम शाहीले सिमानाकाको सुरक्षा तथा राजस्व संकलन,चोरी निकासी पैठारी नियन्त्रण, मानव तस्करी विरुद्ध लाग्न हरेक तह र तप्काका आफ्ना कर्मचारीलाई निर्देशन समेत जारी गरेका थिए।