मंसूर अली इद्रिशी
बाँके माघ १४ गते-नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ भवनियापुर जेष्ठ नागरिक लाई न्यानो सामाग्री वितरण गरेको छ । नेपालगंज वडा नम्बर १४ भित्र बसोबास गर्ने ९० वर्ष माथिका र ८५ वर्ष माथिका जेष्ठ नागरिकलाई जाडो मौसमलाई मध्यनजर गर्दै कम्मल वितरण गरेको नेपालगंज १४ का वडा अध्यक्ष मजहर अली साईले जानकारी दिए ।
जस अन्तर्गत वडा नम्बर १४ भवनियापुर ९० वर्ष माथिका जेष्ठ नागरिक ६० जना लाई न्यानो सामाग्री अन्र्तगत कम्मल वितरण गरिएको हो । उनका अनुसार अझे पनि वडामा रहेका बाँकी जेष्ठ नागरिक र पूर्ण अपाङ्ग नागरिकलाई केहि दिनभित्र सामाग्री वितरण गरिनेछ ।
नेपालगंज वडा नम्बर १४ का वडाअध्यक्ष साईले वडाका सम्पूर्ण जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई सम्मान र सहयोग गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको लिमरा खबर लाई बताए । कार्यक्रम संचालनकै क्रममा वडा सदस्य संतोष कुमार मिश्राले भने अहिलेको समयमा जेष्ठ नागरिकलाई छोरा छोरी अबहेलना गर्दै आईरहेको हुनाले जेष्ठ नागरिक अबहेलनाको पात्र होईन सम्मानको पात्र भएकोले यो सम्मान गरिएको बताएका छन।
वृद्धवृद्धाहरु सुरक्षित रहेमा समाज सुरक्षित रहनेछ, उनीहरु अहिलेका परिवेशमा पनि अगाडी बढ्न एवं सम्मानित भएर समाजमा बाँच्ने मौका पाएमा उहाँहरुको आयु समेत बढ्ने भएको हुँदा वडा कार्यालयबाट नयाँ कार्यक्रम बनाएर “जेष्ठ नागरिक सम्मान अभियान” थालनी गरेको वडा सचिवले स्पष्ट पारे ।