बाँके माघ ११ गते।
राष्ट्रिय स्वराज पार्टीको प्रथम ऐतिहासिक स्थापना दिवस बिहिवार नेपालगंजमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति बाँकेको सभाहालमा शुरू भएको राष्ट्रिय स्वराज पार्टीको प्रथम ऐतिहासिक स्थापना दिवसको उद्घाटन पार्टी अध्यक्ष इरफ़ान अहमद शेखले गर्नु भयो प्रथम ऐतिहासिक स्थापना दिवस शेखको संयोजकत्वमा सम्पन्न भएको छ।
प्रथम ऐतिहासिक स्थापना दिवस अवसरमा तराई मधेश जिल्ला बाट नेताहरु सहभागी भएका छन्। जनमत पार्टी विचार र सिद्धान्तविहीन पार्टी रहेको पार्टी अध्यक्ष इरफ़ान अहमद शेखले बताए । स्थापना दिवसको अवसरमा ई-रिक्सा समस्या किसान समस्या तथा सीमावर्ती क्षेत्रमा भइरहेको दमन शोषण विरुद्ध लगायत बिषयमा छलफल भएको छ।
विभिन्न पार्टी परित्याग गरि लगभग ५ दर्जन भन्दा बढी नेताकार्यकर्ता राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन। प्रथम ऐतिहासिक स्थापना दिवस सफल पार्नका लागि सहभागी नेता हरूले एक हप्ता देखि बाँकेको पालिकाहरुको वडा वडामा प्रशिक्षण दिइएका थिए।
राष्ट्रिय स्वराज पार्टीको प्रथम ऐतिहासिक स्थापना दिवसको कार्यक्रममा उपस्थित सबैलाई पार्टी अध्यक्ष शेखले धन्यवाद दिए। कार्यक्रममा नेता जाबिर हलवाई रियाज शेख राजा शिंह सरदार डा.राजेंद्र गुप्ता अब्दुल वाहिद भीम बहादुर शाही राजू बर्मा फारुक हासमी सालिया हासमी शुजाल शर्मा बीके मधेशी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।