नेपालगंज माघ १० गते ।
जानकी गाउँपालिका वडा नम्बर २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँमा ४ महिनामा दुई पटक चोरी भएको छ। बितेको ४ महिना भित्र विद्यालयमा दोस्रो पटक चोरी भएको हो। विद्यालय हाताभित्र मंगलबार राति पसी कार्यालयको ताला तोडफोड गरी विद्यालयमा रहेको शिक्षण सामग्रीमा प्रयोग हुने तार लगायत सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक आलमीन राईले जानकारी दिए ।
उक्त विद्यालयमा मंगलबार राति चोरी भएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रज्जब हलवाईले जानकारी दिए अनुसार चोरले विद्यालयको ढोका फोरेर एक लाख मूल्य बराबरको पंखा पानी तान्ने मोटर धाराका टोटी वायरिन्ग तार लगायत समान चोरी गरेको हलवाईको भनाई छ। चोरले विद्यालयको करिब ४० हजार मूल्य बराबरको सामान समेत फुटाएर क्षति गरेको छ।
पहिलो पटक ४ महिना अगाड़ी राति पनि उक्त विद्यालयमा ४० हजार रुपैयाँ मूल्य बराबरका उपकरण चोरी भएको थियो । चोरले जोड्न तयार गरेर राखिएको प्रोजेक्टरमा लागने तार चोरेका थिए । विद्यालय चोरीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थल नजिकै साईगाउँ प्रहरी चौकी र बेलभार चौकी एक किलो मीटर अंतरालमा पर्छ। स्थानीयका अनुसार अनुसन्धानमा प्रहरीको भूमिका प्रभावकारी नभएको गुनासो समेत गरेका छन्।