नेपालगंज माघ ७ गते।
बाँकेको जानकी गाउँपालिकामा जनप्रतिनिधिकै संलग्नतामा सार्बजनिक जग्गाको माटो उत्खनन गरेको पाइएको छ। जानकी गाउँपालिका– २ बेलभार ईमलानाला नजिकैबाट जनप्रतिनिधकै संलग्नतामा अवैध रुपमा सार्बजनिक जग्गाको माटो उत्खनन गरेको पाइएको हो । स्थानीय सरकारले सार्वजनिक जग्गा संरक्षण गर्ने ठाऊमा आफै दोहन गर्न तीर लागेको छ । जानकी गाउँपालिका प्रमुख चुनावको बेला ठूला ठूला भाषण गर्ने अहीले जानकी-२ का सार्बजनिक जग्गाको माटो उत्खनन भएको गुनासो न सुन्ने जस्तै भएको छ ।
बाँकेको जलपोखरी बेलभार सीमा क्षेत्रमा बग्दै आएको ईमला नाला छेउको ५० सो कठा ऐलानी जग्गा जानकी गाउँपालिका बाँकेकै निर्बाचित जनप्रतिनिधिकै अगुवाइमा उत्खनन भएको स्थानीयको आरोप छ। बर्षौदेखि नियम विपरीत उत्खनन गर्दा ऐलनी जग्गा ७ फिटसम्म गहिरो बनेको छ। अवैध उत्खनन गरिदै आएको सो क्षेत्रमा १० दिनयता जेसीबी प्रयोग गरी उत्खनन भइरहेको छ ।
माटो उत्खनन गरिएको ऐलानी जग्गासँगै वडा नम्बर २ का जनपर्तिनिधि हरुको को जग्गा पनि छ । स्थानीयहरुको तोरी गेहू खेतीसँगै जोडिएको ऐलानी जग्गाको माटो उत्खनन गर्दा पिन्टूले प्रति ट्राली २०० रुपैयाँ टिप्परको ५०० रुपैयाँ लिने गरेको आरोप पनि स्थानीयको छ । सार्बजनिक जग्गाको माटो उत्खनन गरेको लिमरा खबरसंग भिडियो समेत सेब रहेको छ ।
स्थानीय श्रोतका अनुसार सार्वजनिक सम्पत्तिको दोहन गरेको बताउँछन् । पटक पटक उत्खननका बिषयमा स्थानीय सरकारलाई जानकारी दिदा चासो नदिएको स्थानीयको गुनसो छ । सो क्षेत्रमा ५० कट्ठा ऐलानी जग्गा छ । सोही जग्गाबाट अबैध रुपमा माटो उत्खनन गरिएको हो ।
ईमला नालानजिकैको सार्बजनिक जग्गाको माटो झिकेर स्थानीय पिन्टूले बिक्री गरेका हुन् । ऑटो चालक राजेस जयसवालले ईमला नाला किनारको माटो उत्खनन गरेका हुन् । बिगतमा ईमला नालामा बर्खाको बाड़ीबाट स्थानीयबासीको जान समेत गएको छ । सार्बजनिक जग्गामा साढे चार फुट गहिरो खाडल बनाएर माटो उत्खनन गरेको र कम्तीमा १०० देखि ३०० टिप्पर माटो बेचेको स्थानीयहरु बताउँछन् ।
यस बिषयमा लिमरा खबरले पटक पटक समाचार संप्रेषण गर्दा पनि जानकी गाउँपालिका मौन देखिएको छ । स्थानीय बासीका अनुसार सार्बजनिक जग्गाको माटो उत्खनन गरेको जानकी गाउँपालिका वडा नम्बर २ का जनप्रतिनिधिको मिलेमतो भएको हुन सक्ने आशंका छ ।
त्यो पनि सार्वजनिक स्थानको माटो यसरी मनलाग्दी उत्खनन गरेर बिक्री वितरण भएको छ,’ स्थानीयले भने, ‘सार्वजनिक सम्पत्तिको माटो उत्खनन गर्नेलाई कडा कारवाही हुनुपर्दछ ।’ सार्वजनिक जग्गालाई आफ्नो सम्पति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने जानकी २ का स्थानीय युवा दीपेश कुमार डांगी बताउँछन् ।
उनी भन्छन्, ‘यो सार्वजनिक जग्गामा केही व्यक्तिहरुले करिब २ बर्ष देखि उत्खनन् गरेर माटो बेचीरहेका छन् । उकालो भएको जग्गा पनि खन्नुका साथै समथर भएको जग्गामा पनि खनेर माटो बेचेका छन् । उनीहरु जो भएपनि कारवाही गर्नुपर्छ ।’ कारवाही मात्रै गरेर नपुग्ने बताउँदै उनले अहिलेसम्म खनेको झण्डै ५० कट्ठा क्षेत्रफल जमिनको क्षतिपुर्ती पनि व्यहोर्नुपर्ने धारणा राखे ।
सार्वजनिक सम्पती कुनै एक व्यक्तिको मात्रै नभएर सबैले जोगाउनुपर्ने स्थानीय डांगीको भनाई छ । सार्वजनिक जग्गालाई हडप्न खोजेकोप्रति आपत्ती जनाउँदै स्थानीय नवराज थापाले सार्वजनिक जग्गामा माटो उत्खनन् गर्न नमिल्ने बताउँछन् । यसअघि पटकपटक प्रहरी चौकी बेलभारलाई खबर गर्दा पनि कुनै पहल नचालेको हुँदा यसमा प्रहरीको पनि मिलेमतो भएको हुन सक्ने स्थानीयहरुको आशंका छ ।