सुरेश यादव,नवलपरासी माघ ५ गते।
पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा बालिदानी दिवस अवसरमा जनता समाजवादी पार्टी नवलपरासीले आज करिव १५ जना बिरामीलाई फलफुल वितरण गरेको छ । साथै महेशपुरमा रहेको सहिद जगदीश पासवानको शालिकमा माल्यअर्पण गरेको जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी दिनुभयो ।
सहिद पासवानको नामले जिल्लाको रामग्राम १७ र पाल्हिनन्दन ६ मा रहेको विद्यालयका संस्थापकहरुलाई सम्मान गरिएको जसपाका जिल्ला सचिव एवम् रामग्राम ४ का वडा अध्यक्ष मदन यादवले बताउनुभयो ।
फलफुल वितरण कार्यक्रम पश्चात सहिद पासवानकि आमा सिंगारीदेवी पासवानलाई नगद सहित दो सल्लाले सम्मान गर्दै जिल्ला अध्यक्ष धरेन्द्र यादवले माघ ५ गतेका दिन हरेक वर्ष सहिदहरुको सम्झनामा बलिदानी दिवस मनउदै आएको र मधेस प्रदेश सरकारले आज प्रदेश भरी सार्वजनिक बिदा दिएको र लुम्बिनी प्रदेश सरकारले बिदा नदिदा आउने दिनमा बलिदानी दिवसको दिन बिदा दिन माग समेत गरेका छन् ।
फलफुल वितरणमा संविधानसभा सदस्य अलाउदीन अन्सारी,रामग्राम १६ का वडा अध्यक्ष विजय कुमार यादव,पृथ्वी चन्द्र अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ता,रामग्राम ४ का वडा सदस्य प्रभुलाल मौर्य लगायतको उपस्थिति रहेको थियो ।