बाँके पुष २५ गते ।
ई-रिक्सासंघर्ष समिति नेपालगंज अगुवाई मा ई-रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालयको गेट अगाडी आन्दोलन शुरू भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले ई-रिक्साको कागजपत्र नभएका र अवैध रुपमा सञ्चालनमा रहेको भन्दै ई-रिक्सा लाई डोजर लगाएर नष्ट गरे पछि इलेक्ट्रीक ई-रिक्सा संघर्ष समिति नेपालगंज बाँकेको अगुवाईमा नेपालगन्जमा आन्दोलन भैईरहेको छ ।
इलेक्ट्रीक ई-रिक्सा चालकहरुले सडकमा ई-रिक्सा राखेर नेपालगन्ज उपमहानगरपालिका बिरुद्ध नाराबाजी गरिरहेका छन। ई-रिक्सा संघर्ष समिति नेपालगंज बाँकेले इलेक्ट्रीक रिक्साको हकमा पुर्व स्थानीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने, उपमहानगरपालिकाद्धारा नष्ट गरेका ई-रिक्साको क्षतिपुर्ति माग राख्दै ई(रिक्सा संघर्ष समितिले आन्दोलन गरेको हो।
ई-रिक्सा खरिद गरेको कागजपत्र नभएका र नगरपालिका लगायत स्थानीय तहमा दर्ता समेत नगरी सञ्चालनमा हुँदै आएका ई(रिक्साहरु नियन्त्रणमा लिइ त्यसमा लाग्ने ब्याट्री फिर्ता गरेर प्रहरी प्रशासनको रोबहरमा नेपालगन्ज उपमहानगरपालिकाले ५ वटा ई-रिक्सा नष्ट गरेको थियो ।
अन्दोलन शुरू भए पछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिस्ट उप मेयर कमरुद्दीन राई र ई-रिक्सा संघर्ष समिति नेपालगंज ई-रिक्सा ब्यबसायीहरु बिच जिल्ला प्रशासन कार्यालय बाँकेमा वार्ता शुरू भएको हो। ई-रिक्सा संघर्ष समिति नेपालगंजका सैयोजक रियाज अहमद शेषको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेमा वार्ता भएको वार्ता अहिले निष्कर्ष बिहीन रहेको शेषले लिमरा खबरलाई जानकारी दिनु भयो ।