रबिन्द्र यादव
प्रतापपुर पुष २२ गते-इलाका प्रहरी कार्यालय बेलाटारीले ठुलो परिणाममा अबैध औषधी सहित बागलुङ र गोरखाका दुई जना मानिसलाई प्रहरीले पक्राव गरेको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार बिहान ४ बजे जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ९ चण्डालचोक स्थित नेपाल-भारतको सिमा नाकाबाट बेलाटारी तर्फ आउदै गरेको प्रदेश नं ३ ०१-००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कार भित्र ६ पेटी अन्दाजी मूल्य २९ लाख ४९ हजार १७ रुपैया बराबरको रहेको छ ।
सर्जिकल सामाग्री तथा विभिन्न प्रकारका औषधीहरु र कारको अन्दाजी मुल्य १० लाख गरि ३९ लाख ४९ हजार १७ रुपैया बराबरको समान ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो । गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं ४ भेडाबारी बस्ने बर्ष ३० को सुजन भन्ने विवेक पोखरेल र बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं ५ बस्ने बर्ष २९ को अभिषेक खरेल सहित औषधी र कारलाई आवश्यक कार्यवाहीकोको लागि महेशपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी प्रमुख यादवले कार्यालय जिम्मेवरी समाले देखि चोरी तस्करी र अपराधिक गतिविधि घट्दो क्रममा रहेको स्थानीयले बताउछन् । प्रहरी स्रोतका अनुसार प्रहरी निरीक्षक यादवले चोरी तस्करी नियन्त्रण गर्न आफ्ना मातहतका सबै प्रहरी चौकीका प्रमुखलाई कडा निर्देशन दिएको एक प्रहरी चौकीका इन्चार्जले बताए ।