बाँके पुष २२ गते।
सशस्त्र प्रहरी बल जयसपुर बीओपीले भारतबाट अवैध रुपमा भित्र्याइएको प्याज र माछा बरामद गरेको छ। नेपालगंज उप-महानगरपालिका वडा नम्बर १६ सुक्खा बंदरगाह र पचपोखरा क्षेत्रबाट सामान बरामद गरेको हो । जयसपुर बीओपीलेले बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं.१ पचपोखरा क्षेत्रबाट अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याई अन्दाजी २ लाख ७८ हजार ४ सय ८० मुल्य बराबरको अबैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल जयसपुर बीओपीबाट सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीलाई देखने बित्तिकै गाडीसहित अवैध सामान छोडे र तस्करहरु भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल जयसपुर बीओपीका सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीले दिनु भएको जानकारी अनुसार प्याज ९ कुंटल आलू २ कुंटल माछा २० किलो शिन्द्रा माछा ३५ किलो पल्सर मोटर साइकल लगाएत समान रहेको उक्त अबैध माछा बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन नेपालगंज तथा बाकी अबैध सामान नेपालगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
श्रोतका अनुसार प्याज र माछा चर्चित तस्कर पचपोखराका संजय लोध र भारतीय तस्कर कतियाको रहेको खुलेको छ । पछिल्लो समय सशस्त्र प्रहरी बल जयसपुर बीओपीले भन्सार छली भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउदै गरेका अबैध सामानहरुको बरामद गर्ने कार्यलाई निरुत्साहित गर्न सिमा नाका र आसपासका क्षेत्रहरुमा सुरक्षागस्तीलाई कडाई गर्दै आएको छ।