रबिन्द्र यादव
नवलपरासी पुष २१ गते-पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-३ नम्बर वडाका ४८१ जना जेष्ठ नागरिक,एकल महिला र अपांग्ता भएका व्यक्तीहरुलाई जाडोबाट बच्नका लागि शुक्रबार कम्बल वितरण गरिएको छ । वडा कार्यालयले २८४ जना पुरुष र १९७ जना महिला गरि ४ सय ८१ जनालाई जाडोबाट बच्नका लागि कम्बल वितरण गरेको सुस्ता ३ का वडा अध्यक्ष हरिलाल दुषादले जानकारी दिनुभयो ।
दुषादका अनुसार ३ नम्बर वडा कार्यालयले कुडियामा जेष्ठ नागरिक र एकल महिलाहरू तथा अपांगता भएकालाई जाडोमा कम्बल वितरण गरेको हो ।वडाभित्रका ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरु, एकल महिलालाई जाडो मौसमसँगै न्यानो कपडा वितरण गरिएको दुषादले बताउनुभयो ।
वहाँले भन्नुभयो ‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक÷एक थान कम्बल वितरण गरिएको छ,जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको महसुस होस।’ जेष्ठ नागरिकहरुका लागि आगामी वर्ष पनि विषेश कार्यक्रम सञ्चालन गरिने दुषादले बताउनुभयो ।
गाउँमा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न कमल वितरण तथा सम्मान गरिएको वडा सदस्य सृजना चौधरीले बताउनुभयो । कम्बल वितरण कार्यक्रममा वडा सदस्यहरु सलाबुदिन अन्सारी,अमर बहादुर क्षेत्री, शर्मिला दर्जी, शर्मिला दर्जी लगायतको उपस्थिती रहेको थियो ।