नेपालगंज पुष १६ गते।
बाँके जिल्लाको जानकी गाऊंपालिका वडा नम्बर -१ साईगाउँ सिमानाका हुँदै तस्करी बढेको सीमा क्षेत्रका बासिन्दाले गुनासो गरेका छन । नेपाल भारतको मुख्य नाका भनेर चिनिने जमुनहाको पस्चिम साईगाउँ सीमावर्ती क्षेत्रबाट निर्वाध समान ओहोरदोहोर भैरहदा पनि प्रशासनले चासो नदिएको स्थानीयको भनाइ छ ।
नेपाल सरकारले राजस्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीले समेत यसरी हुने तस्करीमा चासो नदेखाउदा करोडौं राजस्व गुमिरहेको सीमा क्षेत्रका स्थानीयबासीको भनाइ रहेको छ । भारतको रुपैडिहाबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिन व्यवस्था गरेपनि साईगाउँ सीमा नाका हुँदै निर्वाध भित्रिने गरेको छ ।
भारतीय कपडा चिनी दाल खुलेयाम तस्करी भई नेपालगंज बजारसम्म पुग्ने गरेका छन । सीमावर्ती सहर रुपैडिहाबाट विना भन्सारका लाखौं बराबरको कपडा चिनी दिनहुँ नेपालगंज भित्रिरहेको हो । साईगाउँका चर्चित तस्करहरुले रुपैडिहाबाट ल्याउने सामानको गोदामनै साईगाउँमा रहेको स्थानीयको भनाइ छ ।
जयसपुर बीओपीको ५ नम्बर पोस्ट र बढैया बीओपी को १ नम्बर पोस्ट हुँदै तस्करहरुले रातारात भारतबाट अवैध सामानहरु भित्र्याउने गरेका छन् । स्थानियका अनुसार साईगाउँ नाकाबाट दैनिक २० लाखको कपडा चिनी र मोबाईलको पार्टनै तस्करी भइरहेको श्रोतको दाबी छ ।
साईगाउँ नाकाबाट आज आबैध रांगा समेत पास हूँन लागे सुचना लिमरा खबरलाई प्राप्त हुने बित्तिकै सिमानाकामा लिमरा खबरको टीम पुगेको थियो । रांगा तस्करले मीडियाकर्मीलाई हेरे पछि रांगा छोडेर भागेका थिए। तस्करहरुले रातिको १२ बजेदेखि विहानको ३ बजेसम्म सामान भित्राउने गरेको साईगाउँ सीमा क्षेत्रका स्थानीयको आरोप छ ।
यसरी सामान ल्याउँदा डिउटीमा खटिएका प्रहरीले पैसा अशुल्ने गरेको भिडियो समेत लिमरा खवरले प्राप्त गरेको छ । तस्करहरुले रातीको समयमा ठुलो परिमाणमा भन्सार छली गरेर साईगाउँमा भण्डारण गर्ने र एकमुष्ठ नेपालगञ्ज बजारमा ल्याउने गरेको सुचना लिमरा खवरले प्राप्त गरेको छ ।
साईगाउँमा भण्डारण गरेको समान रातीको समयमा मोटरसाइकलमा लोड गरेर नेपालगञ्ज ल्याउने गरेको तस्कर स्वयम बताउँछन् । तस्करहरुले कपडा, मोबाईल पार्टस, काटेको ब्रोइलर मासु, माछा लगायतका अवैध सामान राजश्व छलेर भित्र्याउने गरेका छन् । स्थानीय भन्छन अवैध सामानहरु त यहाँ प्रहरीकै स्कटीङमा आउँछ ।