नेपालगंज पुष १२ गते ।
जनमत पार्टी बाँकेका नगर अध्यक्ष सम्हाल्दै आएका युवा नेता शुभम गुप्ताले आफु माथि पार्टीले अन्याय गरेको जनाउदै पदबाट राजीनामा दिएका छन । विगत एक वर्ष देखि निरन्तर पार्टी संग हातेमालो गर्दै आएका बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका अध्यक्षले बुधबार पार्टीबाट राजीनामा दिएका छन ।
डा.सिके राउत र उनको केन्द्रिय टिमले बिभिन्न निकाय संग साटगाठ गरी आर्थिक आर्जन गर्ने र आफ्नै पुराना सहयोगीहरुलाई धोका दिएको आरोप लगाउदै गुप्ताले पार्टीबाट राजीनामा दिएको जानकारी गराए । उनले सधारण सदस्य समेत नरह्ने गरी राजीनामा दिएका छन ।
यस्तै बिगत वर्ष देखि निरन्तर पार्टी काम गर्दै आएका नेपालगंजका युवा नेता गुप्ताले जनमत बाँकेका नगर अध्यक्ष पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल मार्फत जनाएका छन ।