नेपालगन्ज पुष ९ गते ।
वडा अध्यक्ष रजिनश भाजपेयीले काल भैरब, बटुक भैरव मन्दिरको शिलान्यास गर्नुभएको छ । आइतबार बिहान वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश (बिवेक) भाजपेयीले काल भैरब, बटुक भैरव मन्दिरको शिलान्यास गर्नुभएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ को बुलबुलियास्थित हिन्दु शमशान भूमिको प्रांगणमा मंदिर निर्माण हुन लागेको हो ।
स्थानिय सहयोगीदाताको आर्थिक सहयोगमा उक्त मन्दिर निर्माण हुन लागेको हो । मन्दिरको शिलान्यास गर्दै वडा अध्यक्ष भाजपेयीले शमशान भूमि भन्न बितिकै आम जनताहरुले फरक दृश्यले हेर्न गरेको बताए।
शमशान भूमिलाई धार्मिक पयटकिय गन्तव्य बनाई पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकसित गर्नेवडा अध्यक्ष भाजपेयीले जानकारी दिएका छन ।