नेपालगन्ज पुष ७ गते ।
छैठौं नेपालगन्ज महोत्सबमा रोमाञ्चक खेल कुस्ती प्रतियोगिता सुरु भएपछि दर्शकहरुको आर्कषण बढेको छ । कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ ए.जी. सर्भिस प्रा.लि. नेपालगन्जद्धारा आयोजित छैठौं नेपालगन्ज महोत्सबमा कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।
महोत्सवमा कुस्ती खेल प्रतियोगिता हुदा बेग्लै आनन्द बनाउने भएकाले दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता दर्शकको आकर्षण बढेको हो । कुस्ती खेलाडी अथार्थ पहलमानले एकअर्कालाई ढलाउदा दर्शकहरु निकै रमाएको देखिएका छन् ।
पहिलो पटक कुस्ती खेलको अवलोकन गर्न पाएका दर्शकहरु चिच्याउदै दंगल कुस्ती प्रतियोगितामा दर्शकहरु रमाएका हुन् । दंगल कुस्ती प्रतियोगितामा नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार नेपाल भारतको राजस्थान, पञ्जाब, हरियाणाका खेलाडीहरु रहने आयोजकले जनाएको छ ।