धनुषा पौष ६ गते ।
धनुषाको हंसपुर नगरपालिकाको निकाल प्रहरी चौकीमा स्थानीय बासीले आक्रमण गरेका छन् । हिजो गाउँमा भएको सामान्य विवादको क्रममा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ती मध्ये ३५ वर्षीय दीपनारायण मण्डल (दीपा) लाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतभित्रै कुटपिटका कारण मुत्यु भएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।
झडपको क्रममा स्थानीयको तोडफोडमा सशस्त्र प्रहरीको एउटा मोटरसाइकल जलाइएको छ । अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको धनुषा प्रहरीले जनाएको छ । झडपमा एक जनालाई गोली लागेको छ ।
घटनामा दुई जना स्थानीय र दुई जना प्रहरी गरी चार जना घाइते भएका छन् । ती मध्य ३५ वर्षीय शिवशंकरको जनकपुरमा उपचार संभव नभएर काठमाडौ रिफर गरिएको छ ।