बाँके पौष ४ गते ।
नेपालगन्ज ए.जी. सर्भिस प्रा.लिले सञ्चालनमा गर्न लागेको छैठौं नेपालगन्ज महोत्सबको तयारी पुरा भएको छ । नेपालगन्जमा बिहीवार देखी सञ्चालनमा आउन लागेको छैठौं नेपालगन्ज महोत्सवको तयारी पुरा भएको हो ।बुधबार आयोकले पत्रकार सम्मेलन गरि महोत्सबको तयारी पुरा भएको जानकारी गराएको छ ।
कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवद्र्धन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको तयारी पुरा भएको ए.जी. सर्भिस प्रा.लिका अध्यक्ष तथा महोत्सबका संयोजक नन्दु बुढाले जानकारी गराउनुभयो ।
कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको महोत्सवमा झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अनुमान रहेको आयोजकले जनाएको छ । महोत्सवमा थारु गाउँ, बालउद्यान, सबै प्रकारका स्टल, घुम्ने पिङ, बिबिध कला संस्कृति, भेष भूषा, डान्स तथा नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ ।
महोत्सवलाई थप आकर्षण बनाउन नेपाल र भारत हरियाणाका चर्चित चर्चित कुस्ती खेलाडीको समेत प्रतियोगिता रहने आयोजकले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा यही पुष ५ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सव स्थलमा २ सय बढि कृषि तथा व्यापारीक स्टलहरु रहेका छन् ।
महोत्सव अवलोकनको समय विहान १० बजे देखी साँझ ७ बजेसम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैँया र विद्यार्थीहरुका लागि ८० रुपैँया निर्धारण गरिएको आयोजकले जनाएको छ ।