बाँके मंसिर ३० गते ।
बाँकेको नेपालगञ्जमा सञ्चालन हुन लागेको छैठौं नेपालगञ्ज महोत्सवको प्रचारप्रसार तीब्र पारिएको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको प्रचारप्रसार तीब्र पारिएको महोत्सव सचिवालयले जनाएको छ ।
महोत्सवलाई उत्कृष्ट एवं भव्य बनाउन अटो रिक्सा, ई रिक्सा र प्रचारगाडी मार्फत माईकिङ तथा सूचना प्रवाह हुनेगरी जिंगल सहित बाँकेका विभिन्न स्थानहरुमा प्रचारप्रसार भईरहेको सचिवालले जनाएको छ । सचिवालय अनुसार बाँकेका विभिन्न क्षेत्र अनुसार प्रचारप्रसारका लागि जनशक्ति एवं साधन परिचालन गरिएको छ । नगर क्षेत्रका विभिन्न स्थानहरुमा प्रचा तथा व्यानर लगाइएको छ ।
महोत्सवमा थप सहजताका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ को कार्यालय नजिकै सचिवालय स्थापना गरिएको छ । स्टल बुकिङ लगायतका कार्यहरुका लागि सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । यस्तै, अनलाईन समाचार माध्यम, टिभि, रेडियो, पत्रपत्रिकाहरु संग सहकार्य भईरहेको छ ।
महोत्सव स्थलमा बाउन्ड्री निर्माण, स्टल निर्माण, मञ्च निर्माण, बालउद्यान जडान, मुल गेड लगायतका निर्माण कार्य तीब्र रुपमा अगाडि बढाइएको छ । पौष ४ गते सम्पूणर् कार्यहरु सम्पन्न हुने गरी कार्यभईरहेको सचिवालयले जनाएको छ ।
‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नारा सहित ए.जि.सर्भिस प्रा.लि. नेपालगञ्जले यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा महोत्सव सञ्चालन हुनेछ ।
उक्त महोत्सवलाई झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । महोत्सवमा कृषि तथा पशुपन्छी, पर्यटन, व्यपारिक लगायत सबै क्षेत्रलाई समेट्ने गरी ३ सय वटा स्टलहरु राखिएको छ जसमा ५० वटा स्टलहरु कृषि तथा पशु पन्छी, उद्यमी, लघुउद्यमीहरुलाई निःशुल्क छुट्टयाइएको छ । आयोजक अनुसार लुम्बिनी प्रदेशभरका कृषकहरुलाई सहभागी गराउने र निशुल्क विविध तालिम उपलब्ध गराउने वातावरण मिलाइएको छ ।
महोत्सव अवलोकनको समय विहान १० बजे देखी साझा ७ बजे सम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैँया र विद्यार्थीहरुका लागि ८० रुपैँया निर्धारण गरिएको छ । महोत्सवमा थारु गाँउ, बालउद्यान, सबै प्रकारका स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रह्ने आयोजकले जनाएको छ ।
जयमाता दी एमयुजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले महोत्सवको व्यवस्थापन गर्ने जिम्मा पाएको छ । यस्तै संरक्षकको रुपमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ ।