नरैनापुर मंसिर २५ गते ।
भारतसँग सीमा जोडिएका बाँके पुर्बी नरैनापुर खुला सीमानाकाबाट कपडाको तस्करी मौलाएको छ । मुख्य र सहायक नाकाबाट कपडा तस्करी भइरहेको हो । ग्रामीण क्षेत्रका कतिपय नाकामा सुरक्षाकर्मीसमेत बस्दैनन्। सुरक्षाकर्मी भएका ठाउँमा पनि उनीहरूकै सामुन्नेबाट बोइलर मुर्गा कपडा तस्करी हुने गरेको स्रोतले जनाएको छ।
तस्करहरूले भारतीय बजारबाट खुला सीमानाको प्रयोग गदै निर्वाध रूपमा अवैध बोइलर मुर्गा कपडाको कारोबार गरिरहेका छन् । नरैनापुर गाऊंपालिकास्थित घोरदौरिया नाकाबाट तस्करहरूले चिनी,कपडा, हार्डवयरका सामग्री तस्करी गर्ने गरेका छन् ।बाँकेको दुर्गम नरैनापुर, क्षेत्रबाट हुने अवैध कारोबार रोक्नैका लागि शसस्त्र प्रहरी बलको विओपी पोष्ट राखिएको छ । जुन नाका प्रायः सुनसान हुन्छ । भगवानपुरघाट,कटकुइंया नाकाबाट दैनिक ठूलो परिमाणमा अवैध सामग्री बोलेरो गाड़ीबाट नेपाल भित्रिने गरेको छ ।
जानकी गाऊंपालिका वडा नम्बर १ का चर्चित तस्कर अवैद्य रूपमा गाडीबाट ऑटो पाटपूर्जा, विद्युतीय तथा ईलेक्ट्रोनिक सामाग्री, कपडा, तेल, चिनी मोबाइलका डिस्प्ले लगायतका भारतीय उत्पादनका सामग्रीहरू नरैनापुर क्षेत्रबाट ठूलो परिमाणमा अवैध रुपमा आयात भएको स्थानीयले बताए ।
उक्त अवैध सामग्री गाड़ी मार्फत गन्तव्य स्थान पुर्याइएको थियो । नाकामा रातिको समयमा भगवानपुरघाट नदीमा डुंगाको सहायताले तस्करी हुने गरेको स्थानीय बताउँछन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले मुर्गा कपड़ा जुत्ता मोबाइल पार्टको आयातमा रोक लगाएपछि तस्करहरू रातिको समयमा तस्करी गरिरहेका छन् ।
चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल गुल्म नरैनापुर र विओपी पोष्ट रहेपनि सशस्त्र प्रहरीकै सामु बोलेरो गाड़ीमा मुर्गा कपड़ा जुत्ता मोबाइल पार्टको तस्करी भइरहेको पाइन्छ । सो क्षेत्रका नाकामा सशस्त्र प्रहरीले दैनिक गस्ती गर्ने गरेको छ, सशस्त्र प्रहरीले आफ्नो सिबिल प्रहरीहरू खटाएका छन् । तर, तीनै सिबिल घुमुवा प्रहरीको अगाडी खुलेआम तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयबासी बताउँछन् ।
दैनिक रुपमा भन्सार छलेर मालसामानहरू ओसार्दै गरेका दृश्यलाई सशस्त्र प्रहरी नरैनापुरले नदेखेझैं गर्नुले पनि त्यसमा सशस्त्र प्रहरीकै मिलेमतोको आशंका गरिएको छ ।