रबिन्द्र यादव
बर्दघाट सुस्ता पश्चीम मंसिर २५ गते-प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरा स्थित शुभेच्छा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भगवन्त प्रसाद धवलको अध्यक्षता तथा जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष एवम् पुर्व केन्द्रीय मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै त्रिपाठीले अर्थतन्त्रलाई चलाएमान बनाउन सहकारीहरुको महत्वपूर्ण भुमिका रहेको बताउँदै उत्पादनमूलक क्षेत्रमा अब सहकारीले लगानी केन्द्रित गर्न आवश्यक रहेको बताए । उनले कोरोना महामारी र आर्थिक मन्दीका बावजुद शुभेच्छा सहकारीले सेवाग्राहीलाई स्थानीय सीप र उत्पादनको अधिकतम प्रयोग गरी शेयर सदस्यहरुको व्यवसायिक क्षमता वृद्धि गर्दै सहकारी अघि बढेकोमा त्रिपाठी खुशी व्यक्त गरेका थिए ।
स्थानीय स्तरमा छरिएर रहेको सानो सानो पूँजीलाई बचतको माध्यामबाट एकीकृत गरी त्यसैको परिचालनबाट संस्थामा संलग्न गरेर शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरको विकास सँगै आत्मर्निभर बनाउने उद्देश्यले २०६९ असोज २१ गतेमा सहकारी विधिवत रुपमा डिभिजन सहकारी कार्यालय पश्चिम नवलपरासीबाट दर्ता भइ स्थापना भएको हो । शुभेच्छा बचत तथा ऋण सहकारीले आफ्नो ११ औं बार्षिक साधारणसभाको सम्पूर्ण प्रतिवेदन पारित गरेको छ ।
संस्थाले २०७९/८० कुल आय. व्य. २३ करोड २१ लाख ३४ हजार ४ सय ३१ रुपैया ३९ पैसा रहेकोमा ९५ लाख ४६ हजार ५ सय १८ रुपैया ७९ पैसा शुद्ध नाफा कमाएको संस्थाका कोषाध्यक्ष बलवन्त कुर्मीले जानकारी दिए । प्रतापपुर गाउँपालिका भित्र रहेका ४२ सहकारी संस्था मध्ये एकमात्र शुभेच्छा बचत तथा ऋण सहकारी संस्था नमुनाको रुपमा स्थापित भएको सम्बन्धित सरोकारवालाहरुले बताउँछन् । २०७३ सालमा उक्त सहकारी संस्था जिल्ला कै उत्कृष्ट सहकारी पुरस्कारबाट समेत सम्मानित भइसकेको अध्यक्ष भगवन्त प्रसाद धवलले बताए । उनले सेवाग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराउन पहिलो सेवा केन्द्रको रुपमा बेलाटारी सेवा केन्द्र स्थापना गरिएको जानकारी दिए ।
अहिले उक्त संस्थाले (शुभेच्छा स्मार्ट मोबाइल एप) बाट पनि सेवा प्रदान गर्दै आएको संस्थाका व्यवस्थापक प्रमुख दिनेश कुमार कुर्मीले जानकारी दिए । स्मरण रहोस् यो संस्थाले कोरोना महामारीको बेला पनि सेवाग्राहीलाई माक्स, सेनिटराइजर,गल्बस, हैन्ड वास, खद्दान लगायतका सर-समान आवश्यकता अनुसार सम्बन्धित संघ संस्था , प्रहरी चौकी , इलाका प्रहरी कार्यालय देखि व्यक्ति सम्मलाई समेत प्रदान गरेको थियो ।अहिले उक्त संस्थाले यात्रुहरुलाई सुरक्षि बस्नका लागि झुलनिपुर भन्सार चोक, सुर्यपुरा बजार चोक, प्रतापपुर पुल नजिक सिमेन्टको बैंच कुर्सी समेत उपलब्ध गराएको स्थानीयले बताउन छन् । साथै सेवाग्राहीका लागि यो संस्थाले पटक पटक निशुल्क आखाँ शिविर समेत राख्दै आएको जनाएको हो ।
६० जना शेयर सदस्य बाट सुरु भएको सहकारी अहिले असार मसान्तसम्म ४ हजार ५ सय ७ जना सदस्य पुगेका छन् ।कार्यक्रममा पुर्व मन्त्री एवं जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष हृदयेश त्रिपाठी , प्रदेश सभा सदस्य देवकरण कलवार, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र कुमार यादव, गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ, राष्ट्रिय सहकारी बैंकका संस्थापक सञ्चालक मुक्तिनाथ पाण्डे, कृषि विज्ञ एवं नेपाल सरकारका उपसचिव देवेश कुमार मिश्र, नेफ्स्कुन शाखा कार्यालय भूमहीका शाखा प्रमुख नेत्र प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाको उपाध्यक्ष अभिनन्दन सिंहले स्वागत मन्तव्य दिएका थिए र कार्यक्रम संचालन संस्थाका सचिव भोला प्रसाद कुर्मीले गरका थिए ।