बाँके मंसिर २१ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको सोनी ड्रिंकिङ वाटर इन्डस्ट्रिज मापदण्ड पूरा नगरी सञ्चालित पानी उद्योग कारबाहीमा परेका छन्। मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने पानीमा समेत उद्योगबाटै लापरबाही भएको पाइएको हो। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मंसिर तेस्रो साता गरिएको संयुक्त अनुगमनका क्रममा १५ वटा पानी उद्योग कारबाहीमा परेका हुन्।
१५ वटा पानी उद्योगमध्ये ५ वटाको उत्पादन बन्द, दुई वटाको सिलबन्दी, दुई वटा नवीकरण प्रक्रियामा आएको र ६ वटा उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ।जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त टोलीले मंसिर १७ देखि २६ सम्म गरेको अनुगमनमा सोनी ड्रिंकिङ वाटर इन्डस्ट्रिजले मापदण्ड पूरा नगरेका हुन्।
परसपुरका स्थानीयले लिमरा खबरलाई जनाऊन्दै सोनी ड्रिंकिङ वाटर इन्डस्ट्रिजका संचालकले मानव स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्दै गरेका छन।जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसंग सोनी ड्रिंकिङ वाटर इन्डस्ट्रिजको बोरिंगको बोर कती फिट मा रहेको चेक जाँच गर्न समेत मांग गरेको समाचार मात्रै होइन भिडियो समेत सार्वजनिक गरिएको समाचार अवगतनै छ ।
कारबाहीमा परेका पानी उद्योगले मापदण्ड पूरा गरेर निवेदन दिएमा संयुक्त टोलीको पुनः अनुगमनपछि मापदण्ड पुगेको देखिएमा मात्रै सञ्चालन गर्न दिइने प्रजिअ खत्रीले बताए। उत्पादन रोक्का गरिएको श्री नेपाल पानी उद्योगलाई भने मापदण्ड पूरा गरेकाले सञ्चालनको अनुमति दिइएको प्रजिअ खत्रीले बताउनुभयो ।
खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ अनिवार्य रूपमा सबै पानी उद्योगले पालना गर्नुपर्ने र खाद्य ऐन २०२३, खाद्य नियमावली २०२७ अनुसार पानीको बोटल र जारमा ‘लेबलिङग’ नगरेको पाइएमा, त्यस्ता उद्योग कारबाहीमापर्ने बताउनुभयो ।