नेपालगंज मंसिर १८ गते।
सशस्त्र प्रहरी बल जैसपुर बिओपीले नेपाल भारत सीमा नाकाबाट लाखौँ मूल्यका आलू प्याज बरामद गरेको छ । भारतको रुपैडिहाबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी गस्तीले एक लाख ६८ हजार मूल्य बराबरका सामान बरामद गरेको हो ।
बरामद गरिएका सामान आलू ५ कुंटल प्याज ३ कुंटल मोबाइल ग्लास १० प्याकेट लेडिज शूट ७ जोर बाटा २० गोटा अदुवा १५ किलो पशु आहार २५ किलो सामान रहेको सशस्त्रले जनाएको छ । नेपालगंज १६ स्थित प्रस्तावित सीमा सुरक्षा बल जैसपुर बंदरगाह बिओपीका प्रमुख सशस्त्र प्रहरी नि. राम बहादुर खत्रीको कमाण्डमा खटी गएको पैदल गस्तीले जानकी गाऊंपालिका वडा नम्बर १ दशगजा आसमापसका क्षेत्रबाट उक्त सामानहरू बरामद गरेको हो ।
खेतको बाटो हुँदै भारतबाट टाउकोमा बोरा बोकेर आउँदै गरेको तस्कर समूहले सशस्त्र गस्तीलाई टाढैबाट देखि खेतमा सामान छाडी भारततर्फ भागेको सशस्त्र प्रहरी नि. खत्रीले जनाउनु भयो । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार,कार्यालय नेपालगंजमा बुझाइएको छ।