बाँके मंसिर १७ गते ।
नेपालगंज उप-महानगरपालिका वडा नम्बर १४ ले २१ जना छात्र छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ । फातिमा फाउंडेशन नेपालको सहयोगमा नेपालगंज वडा नम्बर १४ भवनियापुरले २१ वटा साइकल विद्यालयमा अध्ययन गर्ने विपन्न छात्र छात्राहरुलाई वडा अध्यक्ष मजहर अली साईंले वितरण गर्नु भयो ।
फातिमा फाउंडेशन नेपालले अति विपन्न परिवारका छात्रालाई विद्यालय शिक्षामा पहुँच पु¥याउने उद्देश्यले किशोर किशोरीलाई साइकल वितरण गरेको जनाएको छ । नेपालगंज उप महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष मजहर अली साईंले वडाको पूर्वाधारको क्षेत्रमा मात्र नभई शिक्षा क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्न सफल भएको बताउनुभयो ।
वडा भित्रका विद्यालयमा आकर्षण बढाउन विभिन्न छात्रावृत्तिका कार्यक्रम, न्यानो कपडाको कार्यक्रम, दिवा खाजा र विद्यालयमा कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।