नेपालगंज मंसिर १६ गते।
वर्मा कुर्मी सहयोगी हातले नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ उक्त संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका सदस्यहरु र (कुर्मी) समाजले सहयोगी भूमिका निभाएका छन् ।
वर्मा कुर्मी सहयोगी हात बाँकेको अध्यक्ष कौसल कुमार बर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रममा रक्तदाताहरूलाई कदरपत्र र गम्छा ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा, बाँकेले प्राविधिक रूपमा सहयोग गरेको थियो ।
रक्तको अभावका कारण कुनैपनि विरामीको अकालमा मृत्यु नहुने भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको थियो । यस्तो कार्यक्रमले सामाजिक उत्तरदायित्वमा टेवा पुर्याउने र बिरामीहरुलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।कुर्मी सहयोगी हातका अध्यक्ष कौसल कुमार बर्माले भने हामी दोश्रो पटक आयोजना गरेको उक्त रक्तदान कार्यक्रमबाट संकलित रगत नेपाल रेडक्रस सोसाइटी बाँकेलाई हस्तान्तरण गरेको जानकारी गराए।
कुर्मी सहयोगी हात बाँकेको आयोजनामा फत्तेबाल आँखा अस्पताल नेपालगंज फुल्टेक्राको प्रागणमा रक्तदान कार्यक्रम सञ्चालन भएको थियो । आजको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम सैयोजक धर्मराज बर्माले जानकारी दिनु भयो । कार्यक्रमका लागी आर्थिक सहयोग संकलन युवा नेता शुशील बर्माले गरेका थिए । केही दिन अगाडि जाजरकोटमा गएको बिनासकारी भूकम्पमा परी घाइतेहरुलाई रक्तदानले सहयोग हुने आयोजकले जनाएको छ ।