मंसूर अली इद्रिशी
बाँके मंसिर १६ गते –जनता समाज पार्टी नेपालका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आइतबार नेपालगञ्ज आउने भएका छन । अध्यक्ष यादव लुम्बिनी प्रदेश स्तरीय भ्रमणको सिलसिलामा बाँके जिल्ला आउने कार्यक्रम रहेको नेपालगञ्ज स्थित जनता समाज पार्टी नेपाल बाँके शचिवालयले जनाएको छ ।
केन्द्रिय अध्यक्ष नेपालगञ्ज आउने क्रममा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर एवं जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले लिमरा खबरलाई जानकारी दिए ।
केन्द्रिय अध्यक्ष यादवले आइतबार विहान जिल्ला समन्वय समितिको हलमा स्वागत पश्चात कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जनता समाज पार्टी नेपाल बाँके का संगठन बिभाग प्रमुख अतहर हुसैन फारुकीले जानकारी गराए ।