सुर्खेत मंसिर १४ गते ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले प्रहरी सहायक हवल्दार सरोज जैसवाललाई सम्मान गरेको छ । मुगु छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दु गाउँमा भएको चार जनाको सामूहिक हत्यामा संलग्न अपराधीलाई पक्राउ गरी हत्याकाण्ड निष्कर्षमा पुर्याएको भन्दै वहालाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले प्रशंसापत्र प्रदान गरेका हुन् । प्रहरी सहायक हवल्दार सरोज जैसवाल बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १७ ढोडेगाऊका बासिन्दा हूँन ।
प्रहरी हवल्दार जैसवालको कार्यले बिगतमा बाँके जिल्लामा पनी बिभिन आपराधिक क्रियाकलाप नियन्त्रणमा ठूलो सहयोग पुगेको थियो । मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायत १३ जना सम्मानित भएका हुन् । उनीहरुलाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले प्रशंसापत्र प्रदान गरेका हुन् ।
गत महिना कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो । उक्त सामूहिक हत्या गर्ने गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाणसहित पक्राउ गरिएको थियो ।
घटनाको अनुसन्धान बाकेमा रहेको कर्णाली प्रदेश प्रहरी,कर्णाली प्रदेश प्रहरी सुर्खेत कर्णाली प्रदेश केनाइ शाखा,केन्द्रीय अनुसन्धान ब्युरो र मुगु प्रहरी टोलीले अनुसन्धान गरेको थियो ।