मंसूर अली इद्रिशी
नेपालगंज मंसिर ९ गते-बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ साईगाउँ इलाकाबाट सशस्त्र प्रहरीले अवैध डसना कपडा बरामद गरेको छ ।बाँकेको जैसपुर बडईया सीमा नाकामा आवश्यक कडाई गर्दै आएको सशस्त्र प्रहरी बल जैसपुर र बडईया बीओपीले एकै पटक अंदाजी मूल्य ५ लाख ५० हजार ५ सय मूल्य बराबरको तस्करीको समान सहित दुई वटा मोटरसाइकल पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल जयसपुर र बडईया बीओपीका प्रमुखको विशेष सक्रियतामा सीमा नाकामा अवैद्य कपडा तस्करीलाई निगरानीपछि सो मूल्य बराबरको कपडा बरामद गरिएको हो । दुई वटा मोटरसाईकलमा लादेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा जानकी गाउँपालिका १ साईगाउँ इलाकाबाट गस्तीमा खटेका सशस्त्र प्रहरीले सो मूल्य बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल जयसपुर बीओपीका प्रमुख राम बहादुर खत्रीले लिमरा खबरलाई जनाएको छ ।
कपडा ल्याउन प्रयोग गरेको दुइटा मोटरसाईकल र एक वटा साइकल समेत बरामद गरेको हो । भे. ५ प ३३३५ , भे ४ प ३३४२ नम्बरको मोटरसाईकलसहित अवैद्य कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाईकल र सामान छाडी भागेको सशस्त्र प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । उक्त कपडा र मोटरसाईकल बरामद सामान आवश्यक कारबाहीको लागि नेपालगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल जैसपुर बीओपीले जनाएको छ।
तस्करहरुले मौका छोपी बाँकेको शिप्रा साईगाउँ, पचपोखरा, शिवपरी बेल्दाडा लागाएत ठाऊँमा तस्करी फस्टाएको स्थानीयको भनाई रहेको छ । सीमापारिबाट भारतीय मालसामान नेपाल भित्र्याउन जमुनहागाऊँ जैसपुर सुख्खा बन्दरगाहलगायत नाकाबाट तस्करी हुन थालेपछि नियन्त्रण गर्न सशस्त्र प्रहरी पोस्टमा खटेका यूनिटका सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको जैसपुर बीओपीका सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीले जानकारी दिनुभयो ।