नेपालगन्ज मंसिर ७ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध (ब्राउन सुगर) सहित एक जना मानिस पक्राउ गरेको छ । बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १५ जमुनाहगाउँ स्थित हड्डी चौक नजिकै इ.प्र.का.जैसपुर बाँके नेपालगंज लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषध (ब्राउन सुगर) सहित एक जना मानिस पक्राउ गरेको हो ।
भारतको रुपैडिहा बस्ने १९ बर्षका चाँद साहलाई शंका लागि चेकजाच गर्दा लुकाई ल्याई राखेको २५ ग्राम२०० मिली ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
फेला परेको औषध (ब्राउन सुगर) सहित भारतको रुपैडिहा बस्ने साहलाई नियन्त्रणमा लिई अवाश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी एवं प्रवक्ता डीएसपी नारायण डांगीले जानकारी दिएका छन।