मंसूर अली इद्रिशी
बाँके मंसिर ५ गते-जानकी गाऊंपालिका वडा नम्बर ४ का स्थानीय तहले ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडक कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिन थालेका छन् । विगत वर्षमा अधिकांश सडकमा माटो ग्राभेलको योजनालाई प्राथमिकता दिँदै आएकाले अबको आउने दिनमा वडा अध्यक्ष रमेश कुमार बर्माले संघीय सरकार र प्रदेश सरकारबाट बर्माको अगुवाईमा जानकी वडा नम्बर ४ मा सडकलाई पक्की र कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिने काम शुरू भएको छ ।
प्रदेश सरकारको बजेटबाट जानकी ४ को नाहर चौक देखि सहादतपुर चाचा भट्टा हुँदै खजुरा गाउपालिकाको सिमाना सम्म ३ किलोमीटर कालोपत्रे सडक निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घंटो लाग्ने वडावासीको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्रे र पक्की बनाउने योजनालाई प्राथमिकता दिएको जानकी गाऊंपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले लिमरा खबरलाई बताएका छन्
निर्माणाधीन सडकको गुणस्तर कायम गराउन र छिटो सम्पन्न गराउन आफ्नोतर्फबाट बारम्बार खबरदारी गर्ने काम भएकै हो । साकेला जानकीगाउँपालिका–४ गिजराका वडाध्यक्ष बर्माले बताए।“लामो समयसम्म अलपत्र अवस्थामा रहेको सहादतपुर सडक कालोपत्रको काम अहिले तीव भइरहेको छ”, उनले भने, “छिटो सम्पन्न गर्न र गुणस्तर कायम गराउन वडाको तर्फबाट दिनरात नभनी अनुगमन गरिरहेको छु।