नरैनापुर मंसिर २ गते ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ मा विकासका लागि प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ र युवा नेता साकिर खान बिच आज नेपालगंजमा छलफल भएको छ । वषौंदेखि नरैनापुर वडा नम्बर ३ मा सड़क पुलपुलेसा नबनेको बिसयमा सांसद ‘नमूना’ कै पहलमा मांग गरेको खानले बताए ।
बिगतको दिनमा सडक अभावले नेपालगन्ज लगायतका ठाउँबाट आउँदा भारतीय भूमि भएर आउनुपर्ने नरैनापुर प्रदेश सांसद ‘नमूना’ को सक्रियता पहल र गाउँपालिकाको समन्वय सहकार्य तथा यहाँका नागरिकको सहयोगमा आज नरैनापुरले मुहार फेरेको प्रदेश सांसद कृष्णा केसी ‘नमूना’ले लिमरा खबरलाई बताए ।
‘नमूना’ले भनिन बिगतमा राप्तीपारीका विभिन्न गाउँमा सडक सञ्जाल विस्तार, राप्तीनदीको दीर्घकालिन तटबन्ध निर्माण, यहाँको शिक्षा, स्वास्थ्य, खानेपानीको व्यवस्थापन देखि राप्तीपारी प्रशासनिक कार्यालयको स्थापना, बैंक तथा वित्तिय संस्थाको पुनः स्थापना लगायतका काम गरी त्यस क्षेत्रका आमनागरिकलाई घरदैलोमै सेवा सुविधा प्रवाहमा समेत योगदान पु¥याएकी हूँन उनले बताईन ।
अब आउने दिनमा पनी मैले नरैनापुर गाउँपालिका भित्र रहेका बेरोजगार युवाहरुको लागी बिसेष योजना ल्याउने प्रयास गरेकी हूँ । अबको बाँकी जीवन पदमा रहे या नरहेपनि समाजसेवामै विताउँने प्रतिबद्धता जनाएकी सांसद ‘नमूना’ नरैनापुर गाउँपालिकाको मात्रै होइन, बाँकेको समग्र विकासका लागि आफूले जुनसुकै र जस्तोसुकै अवस्थामा पनि कुनै कसर बाँकी नराख्ने बताएकी छिन् ।
नरैनापुर गाउँपालिका वडा नम्बर ३ का युवा नेता साकिर खानले भने सांसद ‘नमूना’ दीदीले नरैनापुरमा ‘उहाँले सांसद नभए त हाम्रो बत्ती बाल्ने सपना अझै पुरा हुने थिएन। स्थानीयका अनुसार यस्ता आवाजले पनि युद्धकालकी ‘नमूना’ गणतन्त्रकी वास्तविकै ‘सेलिब्रेटी’ बनेकी छन् । नरैनापुरका स्थानीयको आवाज बनेकी दिदी ‘नमूना’ को जनप्रेमी विकासले आज बत्ती बाल्न हामी पाएका छौ स्थानीय नागरिक जाबेद खानले बताए ।