नरैनापुर कार्तिक ३० गते ।
बाँकेको नरैनापुरगाऊंपालिकामा तिहारको दिन मुस्लिम समुदायका युवा नेता साकिर खान आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । नरैनापुरगाऊंपालिका वडा नम्बर ३ का समाजसेवी तथा युवा नेता खानले आज हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।
नरैनापुरगाऊंपालिकामा धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको खानले लिमरा खबरलाई बताए । उनले दिदी तारा वलीको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताए । राप्ती सोनारी वडा नम्बर ५ घर भएकि ओलीको घरमा गएर उनले टिका ग्रहण गरेका थिए ।
युवा नेता साकिर खानले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताए । बाँकेको नरैनापुरगाऊंपालिकामा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ । उनले दसैं तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको पनी बताए ।