काठमाडौँ कार्तिक २७ गते ।
नेपालमा टिकटक बन्द हुनेभएको छ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजमा विकृति बढाएको भन्दै नेपालमा टिकटक चलाउन नदिने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन ।
टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ।मन्त्रिपरिषद्को निर्णयसँगै चिनियाँ सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पछिल्लो मुलुक नेपाल बनेको छ। भारतमा पनि टिकटकमा प्रतिबन्ध छ। मन्त्री शर्माले तिहारको समयमा प्रतिबन्ध लाग्नु संयोग मात्रै भएको बताइन्।
उनले भनिन्, “यो पटकपटक क्याबिनेटमा छलफल भएको विषय हो। धेरै गुनासाहरू आएका थिए। समाजमा र परिवारमा बसेर हेर्न नसकिने किसिमका सामग्रीहरू राखिए भन्ने कुरा थियो। गृह मन्त्रालयले टिकटककै प्रतिनिधिलाई बोलाएर पनि त्यसबारे ध्यानाकर्षण गराएको थियो।