मंसूर अली इद्रिशी
नेपालगंज कार्तिक २४ गते-सशस्त्र प्रहरी बल जैसपुर बीओपीले भारतको रुपैडिहाबाट अवैध रुपमा ल्याईएका कपडा बरामद गरेको छ । बिहिवारबार बीओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक राम बहादुर खत्रीको नेतृत्वमा खटिएको गस्ती टोलीले लेडिज सुटका कपडा बरामद गरेको हो।
उक्त कपडा जानकी गाऊंपलिका वडा नम्बर १ पचपोखरा छेत्रमा भारतबाट नेपाल भित्रयाई रहेको सुचनाको अधारमा पचपोखरा छेत्रबाट बेवारिसे अवश्थामा फेला पारेको सशस्त्र प्रहरी जैसपुर बीओपीका प्रमुख खत्रीले बताए । बरामद गरियो कपडा नेपालगंज भन्सार कार्यालयमा बुझाईएको जानकारी दिए ।
भारतबाट अवैध रुपले लुकाई छिपाई ल्याई राखेको भन्ने गोप्य विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बाँके बोर्डर आउट पोस्ट (बीओपी) जैसपुरबाट खटिएको टोलीले ६ लाख ४३ हजार ९ सयको लत्ताकपडा चिनी खाने तेल जुत्ता बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बरामद कपडामा बिभिन्न किसिमका कुर्ता सूरुवाल लगाएत रहेको बताइएको छ ।
सामान छोडेर मानिसहरु भागेकोले उनीहरुलाई नियन्त्रणमा लिन नसकिएको सशस्त्र प्रहरी बल जैसपुर बीओपीले जनाएको छ। सशस्त्र प्रहरी बल जैसपुर बीओपीले सक्रियता बढाउँदा पचपोखरा साईंगाऊं नाका हुँदै र खुल्ला सीमानाका कारण नाका बाहेकका अन्य क्षेत्रबाट हुने स-साना चोरी तस्करी न्युनिकरणमा मद्दत पुगेको सरोकारवाला बताउँछन् ।
सशस्त्र प्रहरी बल जैसपुर बीओपीले मुख्य नाकाको चेकपोस्टमा चेकजाँच गर्दै आएको छ भने सीमा क्षेत्रमा रात्री गस्तीसमेत गर्दै आएको बीओपी प्रमुख खत्रीले लिमरा खबरलाई जनाएको छ ।