मंसुर अली इद्रिशी
बाँके कार्तिक २१ गते-ठुलो परिमाणको प्रतिबन्धित भारतीय बोइलर कुखुरा बाँकेको परसपुरमा बरामद गरिएको छ। अबैध नाकाबाट तस्करी गरेर भित्र्याएको करिब दुई क्वीन्टल पचास किलो कुखुरालाई सशस्त्र प्रहरी बल जयसपुर बीओपीले जानकी गाउँपालिका वडा नम्बर १ नेवाजीगाउँ हुँदै भागेको बोइलर कुखुरा तस्करको बाइकलाई सोमवार बिहानपख परसपुर चौकमा सशस्त्र प्रहरीले बरामद गरेको हो।
सोमवार बिहानै नेपालगंज-१६ स्थित इच्छाराम बाबाबाट सशस्त्र प्रहरीले करिब ६० किलो कपाल दुइ लाख ४० हजार रुपैयाँ बराबरको बरामद गरेको हो। सशस्त्र प्रहरी बल जयसपुर बीओपीको कमांड सशस्त्र प्रहरी निरिक्षक राम बहादुर खत्रीले सम्हालने बितिकै तस्करहरुको निद्रा हराम भएको छ । बरामद गरिएका बोइलर कुखुरा मोटरसाइकल कपाल अंदाजी मूल्य ४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
तस्करले कुखुरा बोक्न प्रयोग गरेको भे३प ६९८८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको सशस्त्र प्रहरी बल जयसपुर बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक राम बहादुर खत्रीले जानकारी दिए। बरामद गरिएको कुखुरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्जमा बुझाइएको उनले बताए। कुखुरा ओसार्न संलग्न तस्कर फरार रहेको खत्रीले जनाएको छ।
‘बिहान पख गस्तीमा हिँडेको बेला भारतबाट कुखुरा ल्याउँदै रहेछन्, भने सुचनाको अधारमा हामीलाई देख्ने वित्तिकै मोटरसाइकल पल्टाएर भागिहाल्यो,’ स.प्र.नि. खत्रीले भने, ‘फरार व्यक्ति पेशेवर हो, यसअघि पनि बोइलर कुखुरा बोकेको उसको मोटरसाइकल हामीले बरामद गरिसकेका छौं।’
स्थानीय बासिन्दाका अनुसार तस्करले बाँके जिल्लाको नरैनापुर गाउँपालिका नजिकै घोरदौरिया गंगापुर शिपरी राधापुर नाकाबाट दिनहुँजसो अवैध रुपमा भारतीय कुखुरा भित्र्याउने गर्छन्। दिनहुँ कुखुरा तस्करी भइरहँदा पनि पशु क्वारेन्टाइन तथा सुरक्षा निकायले चासो नदिएको स्थानीय कुखुरा ब्वसायीको आरोप छ। तस्करले दिनहुँजसो ठुलो परिमाणको कुखुरा अवैध रुपमा भित्र्याउने गरेको स्थानीय बासिन्दाले बताउँछन्।