बाँके कार्तिक १८ गते ।
गएराति जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भुकम्पमा परेर गंभिर घाईते भएकाहरुको उपचारका लागि बाँके प्रशासनले बिहान ३ बजे बाटै तयारी थालिएको जनाएको छ ।
नेपालगञ्ज स्थित रहेको भेरी अस्पताल नेपालगञ्जलाई उपचारको लागि डिडिकेटेड अस्पताल बनाईएको जिल्ला प्रशासन कार्यालयका जिल्ला प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिए । उनले ब्याक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि फोकल पर्सन नरेश श्रेस्ठलाई तोकिएको छ ।
कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १ सय ५ वटा बेड तयारी अवस्थामा राखिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्शिङ स्टाफ र लजिस्टिकको समेत प्रबन्ध मिलाईएको जिल्ला प्रशासनले जनाएको छ ।