मंसूर अली इद्रिशी
नेपालगंज कार्तिक १५ गते-बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरमा रहेको ज्ञान सागर मा.बि. विद्युत बिहीन भएको छ । ज्ञान सागर मा.बि परसपुरको विदुत महशुल २० हजार बांकी रहेको हो । विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि बुधबार दिवसो ज्ञान सागर मा.बि. को विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगंजले जनाएको छ ।
विद्युत महशुल रकम बुझाउन पटक–पटक पत्राचार गर्दा पनि ज्ञान सागर मा.बि.ले कुनै प्रतिकृया नजनाएकाले बाध्य भएर विद्युत लाइन काट्नुपरेको उहाँले बताउनुभयो । ‘हामीले पटक–पटक विद्युत महसुल बुझाउन सुचना मार्फत ताकेता गर्दै आएका थियौँ, उहाँले भन्नुभयो,‘ ज्ञान सागर मा.बि.ले कुनै पनि प्रतिकृया नदिएपछि बाध्य भएर विद्युत लाइन काट्नु परेको हो ।
ज्ञान सागर मा.बि.का लेखा लाई फोन गर्दा वहाको मोबाइल मा सम्पर्क हून सकेन, । लाइन काटेको महिनासम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत् उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान पनि प्राधिकरणको विनियमावलीमा रहेको छ ।