मंसूर अली इद्रिशी
नेपालगञ्ज कार्तिक १२ गते-सशस्त्र प्रहरी बल जयसपुर विओपीले दशगजा नजिकबाट मोटरसाइकलसहित एक लाख रुपैयाँ भन्दा बडीको आटोपार्ट बरामद गरेको छ । जानकी गाऊंपालिका वडा नम्बर १ पचपोखरा स्थित दशगजा नजिकबाट सशस्त्र प्रहरीले आज साँझा ५ बजे युपी ४० इ एफ ४३७६ नम्बरको मोटरसाइकलसहित १ लाख ११ हजार छ सय ३३ रुपैयाँ बराबरको आटोपार्ट बरामद गरेको हो ।
शसस्त्र प्रहरी बल विओपी जयसपुर बाट सशस्त्र प्रहरी निरिक्षक राम बहादुर खत्री कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीलाई देखेर अवैधरुपमा सामान ल्याउँदै गरेको व्यक्ति मोटरसाइकल र सामान छोडेर भोगपछि ती सामग्री बरामद गरेर ल्याइएको सशस्त्र प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो ।
नेपालगन्ज ल्याउनलागेको अवैध समान विशेष सूचनाका आधारमा स.प्र.नि राम बहादुर खत्रीको टोलीले उक्त अवैध चिनी आलू हरियो खुरसानी पनी बरामद गरेको हो। बरामद गरिएका चिनी र प्याज आटोपार्टको अंदाजी मूल्य १ लाख ४३ हजार ५ सय ३३ रुपैयाँ रहेको छ । अवैध सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरिक्षक खत्रीले लिमरा खबरलाई जानकारी दिएका छन् ।