मंसुर अली इद्रिशी
नरैनापुर कार्तिक ११ गते – बाँकेको बगौडा नाका हुँदै प्रतिबन्धित भारतीय जिउँदो ब्रोइलर कुखुराको तस्करी बढेको छ । पछिलो केही दिनदेखि सिमा सुरक्षामा खटिएको शस्त्र प्रहरीको संरक्षणमा भारतीय कुखुराको तस्करीका कारण जिल्लाको नरैनापुर क्षेत्रका कुखुरा उत्पादक तथा व्यवसायी समस्यामा परेका छन् ।
बगौडामा उत्पादन भएका कुखुराको मूल्यको तुलनामा भारतीय कुखुरा सस्तो भएपछि नरैनापुर वडा नम्बर ४ घोरदौरिया र गंगापुर नाका हुँदै भारतीय कुखुरा तस्करी बढेको हो । एक स्थानीय व्यवसायीका अनुसार तस्करले शस्त्र प्रहरीलाई महिनावारी पैसा दिई रात्रीको समयमा भारतीय जमुनहा बजारबाट बाँकेको बगौडा नाका र नरैनापुरको अन्य नाका हुँदै गाडी, मोटरसाईकल र साइकलबाट कुखुरा भित्र्याएर जिल्लाका विभिन्न बजारमा पु¥याउने गरेको बताएका छन् ।
स्थानीय कुखुरा व्यवसायीले भने भारतमा जिउँदो कुखुरा प्रतिकिलो भारतीय रु १ सय पर्छ भने नेपालमा २ सय २० देखि २ यस ३० सम्म पर्छ दोब्बर फाइदा हुने हुँदा भारतीय कुखुरा तस्करी बढेको उहाँको भनाइ छ । श्रोतका अनुसार आउट पोस्ट डीउटीमा खटेका सशस्त्र प्रहरीको आँखा अगाड़ीनै कुखुरा तस्करी भैरहेको हो ।
तस्करी रोक्न आफूहरुले जिल्लाका सुरक्षा कार्यालयहरूमा ध्यानाकर्षण गराएको भएपनि खुला सीमाको गलत फाइदा उठाउँदै हुने गरेको भारतीय पशु तथा पक्षीजन्य कुखुरा, अण्डा र मासुको तस्करी पूर्ण प्रतिबन्ध लगाउन नरैनापुर क्षेत्रका कुखुरापालक किसान र व्यवसायीले माग गरेका छन् । भारतीय कुखुराको अवैध आयातका कारण कुखुरापालन गरिरहेका किसानको व्यवसाय नै धरासयी भएको र ऋण काढेर गरेको लगानी डुब्ने अवस्था सिर्जना भइरहेको व्यवसायीको गुनासो छ ।