मनीष बर्मा
बाँके कार्तिक ११ गते-नेपालगंज उपमहानगपलिका वडा नम्बर १६ स्थित जयसपुर बिओपिका सशस्त्र प्रहरीले एक क्विन्टल भारतीय बोइलर कुखुरा मासु बरामद गरी नष्ट गरेको छ । भारतको रुपैडिहा स्थित पोल्ट्री फर्ममा उत्पादन गरिएको कुखुराको मासु चोरीपैठारी गरी नेपालमा ल्याउदै गरेको अबस्थामा सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्री नेतृत्वको मोवाइल गस्ती टोलीले शनिवार बिहान ८/३० बजे नेपालगंज वडा नम्बर १६ स्थित इच्छाराम बाबा नजिकै रहेको जयसपुर बिओपि एक नम्बर पोस्ट बाट बरामद गरेको हो ।
हीरो होन्डा यूपी २७ एफ ६४७१ भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा सप्रनि खत्री नेतृत्वको मोवाइल गस्ती टोलीलाई देखेपछि चालकहरु भने फरार भएको जयसपुर बिओपिका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीले जानकारी दिए ।
बरामद गरिएका बोइलर कुखुराको मासु अनुमानित बजार मूल्य ४० हजार रुपैयाँ रहेको बताइएको छ । उक्त बोइलर कुखुराको मासु लाई साईंगाउँ प्रहरी चौकीका प्रहरी जवान बिकास बिक पत्रकार नेपालगंज -१६ का वडा अध्यक्ष कलीम अहमद अंसारी स्थानीयबासी उदयराज बर्मा बुद्धिजीबी लागाएतको उपस्थितिमा जयसपुर बिओपि बेस परिसरमा नष्ट गरिएको हो ।
बरामद गरेको बोइलर कुखुरा मासु र मोटर साइकलको अंदाजी मूल्य १ लाख १० हजार रहेको छ । यता नियन्त्रणमा लिइएको मोटरसाइकललाई आज बिदा रहेकाले भोली मोटर साइकललाई नेपालगंज भंसार कार्यालयमा पठाउने सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीले लिमरा खबरलाई बताइएको छ ।